पौडी खेल्ने क्रममा बालकको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा बालकको मृत्यु


८ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । निज बालकलाई अन्दाजी आठ सय मिटर तल भेटिएको थियो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

महाकाली नदीले बगाउँदा बाबु–छोरा बेपत्ता

बैतडी– नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा बगेर बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सीमा बजार झुलाघाटका ४४ वर्षीय सन्तोष चन्द र उनका पाँच वर्षीय छोरा तनुज चन्द रहेका छन् ।

महाकाली नदीस्थित भारतीय क्षेत्रतर्फ किनारमा ट्युबसहित पौडी खेलिरहेका बाबु–छोरा अपराह्न बगेर बेपत्ता भएका सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले जानकारी दिए । दिनदिनै ट्युब खेल्ने बाबु–छोरा शुक्रबार भने एक्कासि नदीमा बगेको भन्ने खबर आएको पुजाराले बताए ।

“नदी नजिकै घर रहेका उनीहरू दिनदिनै महाकालीमा ट्युबसहित खेल्दा रहेछन्, आज एक्कासि नदीमा पानीको बहाव बढेपछि उनीहरू बगेका भन्ने खबर छ”, उनले भने ।

उनका अनुसार घटना भारततर्फ भएकाले पूर्ण जानकारी आएको छैन । बेपत्ता दुवै जनाको खोजीका लागि नेपाल र भारतीय सुरक्षाकर्मीको टोली परिचालन भएको सशस्त्र प्रहरी बल, नेपाल नं ५१ गुल्म हेडक्वार्टर बैतडीले जनाएको छ ।

बाढीले बगाएर एकजना बेपत्ता

लहान– गए रातिदेखि परेको अविरल वर्षाले आएको बाढीका कारण सिरहाको लहानस्थित खुट्टी खोलामा एक युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लहान नगरपालिका–२४ का ३५ वर्षीय शिवनारायण यादव रहेको सिरहाका प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीका अनुसार ती युवकलाई बाढीले बगाई ल्याएको दाउरा टिप्ने प्रयास गर्दा बाढीले बगाएको हो । अहिले बेपत्ता भएको युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खोलाको बाढीले बगाएर ल्याउने काठ दाउरा टिप्नलाई स्थानीयवासीको घुइँचो लाग्ने हुँदा बाढीले बगाउने खतरा बढेर गएको स्थानीयवासी राजेश विद्रोहीले बताए । उनका अनुसार स्थानीयवासीले बाढीमा जोखिम मोलेर काठ दाउराको जोहो गर्ने गर्छन् ।

प्रकाशित मिति : ८ भदौ २०८०, शुक्रबार  १० : ५१ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई