फ्रेन्च लिग वान : पीएसजीको सानदार जित | Khabarhub Khabarhub

फ्रेन्च लिग वान : पीएसजीको सानदार जित


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । 

गएराति भएको खेलमा मार्सेलाई ४–० गोलले हराउँदै पीएसजीले फराकिलो जित निकालेको हो । 

पीएसजीका लागि गोन्कालो रामोसले दुई तथा अचर्फ हाकिमी र रान्डल कोलो मुआनीले एक–एक गोल गरेका थिए । 

यो जितसँगै पीएसजी ६ खेलबाट ११ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको मार्से ९ अंकका साथ सातौँ स्थानमा छ । 

यो खेलमा पीएसजीका स्टार खेलाडी केलिएन एम्बाप्पे घाइते भएका थिए । जसका कारण उनीले ३२औँ मिनेटमै मैदान छाडेका थिए । 

एंकल इन्जुरीका कारण मैदान छाडे पनि उनको अवस्था सामान्य रहेको प्रशिक्षक लुइस इनरिकले पुष्टि गरेका छन् । 

एम्बाप्पेले मैदान छाड्दा पीएसजीले १–० को अग्रता बनाएको थियो भने पछि ३ गोल थपेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : २७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका