एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने | Khabarhub Khabarhub

एमाले बागमती प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन गर्नेछन् ।

अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अधिवेशनमा प्रदेशभरबाट १ हजार २ सय प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले २ सय ४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । 

भोलिसम्म चल्ने अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि छलफल भइरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ ।

बागमती प्रदेश अध्यक्षमा केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्ण दाहाल र रचना खड्काले दाबी गर्दै आएका छन् भने बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे, सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पनि अध्यक्षको  दाबेदार रहेका छन् । 

एमालेले यसअघि लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरिसकेको छ । अधिवेशनले  राधाकृष्ण कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ५४ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो