प्रधानमन्त्री दाहाल र चिनियाँ कंग्रेस अध्यक्ष चाओबीच भेटवार्ता  « Khabarhub

प्रधानमन्त्री दाहाल र चिनियाँ कंग्रेस अध्यक्ष चाओबीच भेटवार्ता 


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । 

बेइजिङस्थित ग्रेटहल अफ दि पिपलमा उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पारे । उनले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरु भएको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताए ।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई समेत ज्ञापन गरे ।

चिनियाँ कंग्रेस अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलमा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पारे । 

चिनियाँ राष्ट्रपति सी चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ थियो ।

अध्यक्ष चाओले नेशनल पिपल अफ कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ०९ बजे

विपक्षीको नाराबाजीबीच अर्थमन्त्री वाग्लेले दिन थाले जवाफ

काठमाडौं – विपक्षीको अवरोधकैबीचमा संसद् सञ्चालन भएको छ । अवरोधकै

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष