भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै  | Khabarhub Khabarhub

भोजपुरको सुन्तले र बाघखोर पर्यटकीय गन्तव्य बन्दै 


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ। सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघखोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका हुन् ।

स्थानीय परिकारको स्वाद लिँदै सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङ डाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।

पर्यटकलाई लक्षित गरेर भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । यो स्थान समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा अवस्थित छ । 

जहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् । लोकल कुखुरा र कोदोको ढिँडो, तोङ्बा, सुकुटी स्थानीय आलु तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकाम र दिङ्ला सडक खण्डमा पर्ने यी स्थानमा पुग्नका लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सुन्तले, बाघखोरमा राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम बनको छ । घुम्न आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका गणेश तामाङले जानकारी दिए । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ । भोजपुर आएका मानिस एक पटक सुन्तले बाघखोर आउने गरेको तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन अझ बढी हुने व्यवसायी तामाङले बताए ।

पर्यटकलाई लक्षित गरेर यहाँ धुपी, चाइनिज गुलाब, चाँप, लालीगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्यसमेत रहेको तामाङको भनाइ छ ।

पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सदरमुकामको नजिकको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङ्ला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ११ : ०० बजे

अष्ट्रेलियाको नेपाली दूतावासमा कर्मचारी अभाव, नेतालाई ‘भव्य भोज’

सिड्नी– भिक्टोरियास्थित नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले अष्ट्रेलियामा रहेका नेपाली

‘कबिर सिंह’ मा निर्देशकको पहिलो रोजाइमा थिएनन् साहिद

काठमाडौं- ‘कबिर सिंह’ सन् २०१९ को बलिउडको ‘सुपर हिट’ फिल्म हो

पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रुख काट्न थालियो

दैलेख- दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रुख कटान सुरु भएको

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना सङ्कुचित

बेइजिङ- चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा सङ्कुचन आएको आधिकारिक तथ्याङ्कले

भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट केन्द्रविन्दु भएर गएको