बाटो भत्किएपछि बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ « Khabarhub

बाटो भत्किएपछि बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिमकोट– साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौँडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ । 

अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा, लालीबगर, मुसेडी छारेलगायत ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा नआए पनि दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या भएको छ ।

यी क्षेत्रमा वर्षाले ठाउँ–ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको वडा नं १ पिउस गाउँका भैरव शाहीले बताए । अवरुद्ध सडक तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधारणको गुनासो थियो । सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ  भने बाटो अवरुद्ध हुँदा यस क्षेत्रका सर्वसाधारण र  बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको छ ।

विभिन्न ठाउँमा सडक माथिबाट भासिँदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जानसमेत थप समस्या भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका नरबहादुर भण्डारीले बताए । आफू सिमकोटबाट कामको सिलसिलामा चङ्खेली गाउँपालिकामा जानेक्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानुपरेको उनको गुनासो थियो । चङ्खेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ ।

बाटो खुलाउन अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन समिति, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजनाले कुनै चासो दिएको छैन । वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किदा सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई पनि आवत जावत गर्न समस्या भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ३५ बजे

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक सात घण्टा बन्द

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल