इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी « Khabarhub

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले सेप्टेम्बर २७ मा आयोजना गर्ने विरोध प्रदर्शनका क्रममा अडियाला जेलतर्फ मार्च नगर्न समर्थकहरूलाई आग्रह गरेका छन् ।

कासिमले जेलतर्फ हुने प्रदर्शनलाई आधार बनाएर ‘प्रतिआक्रमण’ हुनसक्ने र त्यसबाट आफ्ना बुबाको जीवन जोखिममा पर्न सक्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले जेलनजिक पदयात्रा वा प्रदर्शन नगर्न आफूलाई निर्देशन दिइएको बताउँदै विरोधका क्रममा आफ्ना बुबासँग कुनै ‘दुर्घटना’ हुने अवस्था सिर्जना नगर्न आग्रह गरेका छन् ।

इमरान खान सन् २०२३ को अगस्टदेखि विभिन्न मुद्दामा दोषी ठहरिएपछि जेलमा रहेका छन् ।

यसैबीच, पिटिआईको प्रदर्शनलाई ध्यानमा राख्दै पाकिस्तानको पञ्जाब प्रान्तमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रान्तीय सरकारले सेप्टेम्बर २३ देखि अक्टोबर ५ सम्म धारा १४४ लागू गर्दै पाँच वा सोभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ।

रावलपिन्डी, अटक, झेलम र मियाँवालीमा पाकिस्तानी रेन्जर्स परिचालन गर्नसमेत माग गरिएको छ। प्रान्तीय सरकारले जारी गरेको सूचनामा आतङ्कवादी सङ्गठन तथा शत्रुतापूर्ण गुप्तचर निकायबाट सार्वजनिक शान्ति र सुरक्षामा ‘गम्भीर र आसन्न खतरा’ रहेको उल्लेख गरिएको छ।

प्रदर्शनको तयारीसँगै इमरानका बहिनीहरू अलीमा, उज्मा र नोरीनको हिरासतको विषय पनि चर्चामा छ। उज्मा र नोरीनलाई ३० दिनका लागि हिरासतमा राखिएको छ। उनीहरूको नजरबन्द आदेश तत्काल निलम्बन गर्न लाहोर उच्च अदालतले अस्वीकार गर्दै सम्बन्धित अधिकारीसँग जवाफ मागेको छ।

पाकिस्तानी अधिकारीहरूले प्रदर्शनअघि लगाइएका प्रतिबन्धलाई सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने उपायका रूपमा व्याख्या गरेका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ०८ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)