कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी « Khabarhub

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका अधिवेशन सम्पन्न भएको छ। मेलुङ गाउँपालिकामा भने नेतृत्व चयन हुन बाँकी छ।

बुधबारदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत शुक्रबारसम्म आठ स्थानीय तहमा नेतृत्व चयनसहित अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले जानकारी दिए ।

सभापति लामाका अनुसार आठमध्ये कालिञ्चोक गाउँपालिकामा निर्वाचन प्रक्रियामार्फत र अन्य सात स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

निर्वाचन प्रक्रियामार्फत कालिञ्चोक गाउँपालिका सभापतिमा झलक बस्नेत निर्वाचित भएका छन् ।

यसैगरी जिरी नगरपालिकाको सभापतिमा सोनाम शेर्पा, बैतेश्वर गाउँपालिकामा श्यामकुमार घिसिङ, तामाकोशी गाउँपालिकामा सन्तोष पोखरेल, गौरीशंकर गाउँपालिकामा शुब्बा खड्का, बिगु गाउँपालिकामा विपी तामाङ, शैलुङ गाउँपालिकामा कृष्णध्वज तामाङ र भीमेश्वर नगरपालिकामा रामजीप्रसाद चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् ।

मेलुङ गाउँपालिकामा भने नेतृत्व चयन हुन सकेको छैन। नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भइरहेको नेपाली कांग्रेस मेलुङले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ७ : ३१ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम