राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक : गृहमन्त्री श्रेष्ठ « Khabarhub

राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक : गृहमन्त्री श्रेष्ठ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सार्वभौमसत्ता, अखण्डता, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सद्भाव र सहिष्णुता र विकासका यात्रालाई पूरा गर्न आपसी एकता आवश्यकता हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री श्रेष्ठले समाजमा एकता र शान्तिसुरक्षा कायम राख्नुपर्ने बताउँदै देशमा देखिएका चुनौतीलाई समाधान गर्न राजनीतिक तहबाट असल वातावरण सिर्जना हुनुपर्ने र राष्ट्रिय सहमतिका लागि नयाँ वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले जातीय, भाषिक र सांस्कृतिक पक्षमा एकता कायम गराउन सबैसँग छलफल गरेर सहिष्णु बनाउनुपर्ने धारणा व्यक्त गर्दै लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न सबै राजनीतिक दलबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश सशस्त्र प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, प्रदेशस्तरीय राजनीतिक दलका प्रमुख, नागरिक समाज, उद्योगी एवं व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ४७ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा