राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक : गृहमन्त्री श्रेष्ठ « Khabarhub

राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आवश्यक : गृहमन्त्री श्रेष्ठ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताएका छन् ।

गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सार्वभौमसत्ता, अखण्डता, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सद्भाव र सहिष्णुता र विकासका यात्रालाई पूरा गर्न आपसी एकता आवश्यकता हुनुपर्नेमा जोड दिए ।

गृहमन्त्री श्रेष्ठले समाजमा एकता र शान्तिसुरक्षा कायम राख्नुपर्ने बताउँदै देशमा देखिएका चुनौतीलाई समाधान गर्न राजनीतिक तहबाट असल वातावरण सिर्जना हुनुपर्ने र राष्ट्रिय सहमतिका लागि नयाँ वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले जातीय, भाषिक र सांस्कृतिक पक्षमा एकता कायम गराउन सबैसँग छलफल गरेर सहिष्णु बनाउनुपर्ने धारणा व्यक्त गर्दै लामो बलिदानी र सङ्घर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न सबै राजनीतिक दलबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कोशी प्रदेशका छ जिल्लाका सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रदेश सशस्त्र प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, प्रदेशस्तरीय राजनीतिक दलका प्रमुख, नागरिक समाज, उद्योगी एवं व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै