दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबई पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको विश्रामपुर नगरपालिका घर भइ हाल काठमाडौँको नागार्जुन बस्दै आएका ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नागार्जुनको पानीट्याङ्कीबाट आइतबार पक्राउ गरेको हो । उनले सूर्यबहादुर कार्कीलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु, त्यसको लागि २ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ सेक्युरिटी गार्डमा काम गरेबापत मासिक पचार हजार रुपैयाँभन्दा धेरै तलब हुन्छ भनी पीडितबाट पटकपटक गरी एक लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

उनले पीडितलाई ठगी गरेको भन्दै पक्राउ गरिदिन वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार भएअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : २७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा