धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक जनाको शव फेला | Khabarhub Khabarhub

धारिलो हतियार प्रहार गरिएको अवस्थामा एक जनाको शव फेला


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ। पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।

अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए।

सिंह रक्सी पसललाई छोडेर अहिले गाउँमै खेतीपाती गर्दै आएका थिए। सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ५ : ५९ बजे

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

गोरखा– बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित