प्रहरी संगठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री कार्की « Khabarhub

प्रहरी संगठनलाई कमजोर बनाउन हुँदैन : मुख्यमन्त्री कार्की


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठनलाई कमजोर बनाउने प्रयास राज्यबाट हुन नहुने बताएका छन् । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रियामा उनले माथिल्लो निकाय सच्चियो भने सुरक्षा निकाय आफैँ सुदृढ एवं बलियो हुने दाबी गरे ।

बहुजातीय र बहुभाषिक हाम्रो देशमा मिल्नुको विकल्प नरहेको जिकिर गर्दै मुख्यमन्त्री कार्कीले प्रहरी ऐनको अभावमा प्रदेशमा सरकारले ऐन बनाउन नसकेको जानकारी दिए। उनले प्रहरी प्रदेश सरकारको मातहतमा नरहेका कारण कतिपय विषयमा प्रदेश सरकारलाई समस्या भइरहेको टिप्पणी गर्दै कोशी प्रदेशका सुरक्षा निकाय निकै गम्भीर छ भने ।

उनले संघीय सरकारको संरचनामा प्रदेश सरकार लगानी गरेमा बेरुजु हुने खतरा रहेको भन्दै सामाजिक सद्भाव भड्किन नदिन सबै राजनीतिक दलको केन्द्र तहमा सामूहिक प्रतिबद्धताको आवश्यकता औंल्याए ।

खुल्ला सीमा व्यवस्थित भएमा राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले आफूतर्फ लागि परेको बताए । कोशी प्रदेशमा लागू औषध दुर्व्यसनीको ठूलो समस्या रहेको भन्दै उनले चाडपर्वको समयमा बजारमा कालोबजारी हुन नदिन प्रहरी प्रशासन चनाखो हुनुपर्ने धारणा राखे। 

उनले कोशी प्रदेशमा जनताले चुनाव नचाहेको अवस्थामा कोशी प्रदेश सरकारलाई स्थिर बनाउन केन्द्र तहका राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : २२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग