चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ | Khabarhub Khabarhub

चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- युरोपेली सङ्घ ईयूका व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन सङ्घर्ष गरिरहेको बताएका छन् ।

व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्रराष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको जोखिम’ निम्त्याएको बताएका हुन् ।

युरोपेली समूह र चीनबीच व्यापार तनाव बढिरहेका बेला उनले पारदर्शिता र खुलापन ‘दीर्घकालीन विजयको रणनीति’ भएको बताए । उनले भने, “चीन लगानीमा आधारित अर्थतन्त्रमा व्यापक चुनौतीपूर्ण सङ्क्रमणबाट गुज्रिरहेको छ । यसका लागि यो खुला रहन आवश्यक छ ।”

‘ईयू चेम्बर अफ कमर्स’ को व्यावसायिक आत्मविश्वास वर्षौंको सबैभन्दा कम स्तरमा रहेको देखिएका एक रिपोर्टपछि डोम्ब्रोवस्कीसको चार दिने भ्रमण शनिबार सुरु भएको हो ।

ब्रसेल्सले बेइजिङको विद्युतीय कार अनुदानको छानबिन सुरु गर्ने निर्णय पनि गरेको छ ।

यस अनुसन्धानले ईयूले युरोपेली कार निर्माताहरूलाई कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा दण्डात्मक शुल्कहरू लागू गरेर संरक्षण गर्ने प्रयास गर्न सक्छ ।

चीनको वाणिज्य मन्त्रालयले ईयूको ‘नग्न संरक्षणवाद’ को निन्दा गरेको छ र यो कदमले ‘चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने’ बताएको छ ।

सोमबार डोम्ब्रोभस्कीसले चीन युरोपेली व्यवसायका लागि आकर्षक लगानीको अवसर रहेको बताएका थिए ।

“ईयू र चीन दुवैले विश्वका लागि खुला हुँदा धेरै फाइदा उठाएका छन्,” उनले भने । “यदि शर्तहरू सही रहेमा युरोपेली कम्पनीहरू अझै पनि यहाँ लगानी गर्न चाहन्छन् ।

चीनमा युरोपेली व्यापारका लागि बढ्दो चुनौतीको अर्थ यो हो कि ‘विगतका दशकहरूमा धेरैले दुबैको जीत हुने सम्बन्धको रूपमा हेरेको कुरा आगामी वर्षहरूमा दुबैको हारमा परिणत हुन सक्छ,” आयुक्तले भने ।

डोम्ब्रोवस्कीसले भने, “विदेशी प्रतिबन्धहरूको सामना गर्ने उद्देश्यले बनाइएको नयाँ विदेश सम्बन्ध कानून र चीनको कडा जासुसी विरोधी नियमहरूको हालैको परिवर्तन ‘हाम्रो व्यापारिक समुदायको लागि ठूलो चिन्ताको विषय’ हो ।’

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : २० बजे

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा नेकपा एसलाई केबल ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर