चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ « Khabarhub

चीनमा युरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जेको ईयूका व्यापार मामिला प्रमुखको भनाइ


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- युरोपेली सङ्घ ईयूका व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन सङ्घर्ष गरिरहेको बताएका छन् ।

व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्रराष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको जोखिम’ निम्त्याएको बताएका हुन् ।

युरोपेली समूह र चीनबीच व्यापार तनाव बढिरहेका बेला उनले पारदर्शिता र खुलापन ‘दीर्घकालीन विजयको रणनीति’ भएको बताए । उनले भने, “चीन लगानीमा आधारित अर्थतन्त्रमा व्यापक चुनौतीपूर्ण सङ्क्रमणबाट गुज्रिरहेको छ । यसका लागि यो खुला रहन आवश्यक छ ।”

‘ईयू चेम्बर अफ कमर्स’ को व्यावसायिक आत्मविश्वास वर्षौंको सबैभन्दा कम स्तरमा रहेको देखिएका एक रिपोर्टपछि डोम्ब्रोवस्कीसको चार दिने भ्रमण शनिबार सुरु भएको हो ।

ब्रसेल्सले बेइजिङको विद्युतीय कार अनुदानको छानबिन सुरु गर्ने निर्णय पनि गरेको छ ।

यस अनुसन्धानले ईयूले युरोपेली कार निर्माताहरूलाई कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा दण्डात्मक शुल्कहरू लागू गरेर संरक्षण गर्ने प्रयास गर्न सक्छ ।

चीनको वाणिज्य मन्त्रालयले ईयूको ‘नग्न संरक्षणवाद’ को निन्दा गरेको छ र यो कदमले ‘चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने’ बताएको छ ।

सोमबार डोम्ब्रोभस्कीसले चीन युरोपेली व्यवसायका लागि आकर्षक लगानीको अवसर रहेको बताएका थिए ।

“ईयू र चीन दुवैले विश्वका लागि खुला हुँदा धेरै फाइदा उठाएका छन्,” उनले भने । “यदि शर्तहरू सही रहेमा युरोपेली कम्पनीहरू अझै पनि यहाँ लगानी गर्न चाहन्छन् ।

चीनमा युरोपेली व्यापारका लागि बढ्दो चुनौतीको अर्थ यो हो कि ‘विगतका दशकहरूमा धेरैले दुबैको जीत हुने सम्बन्धको रूपमा हेरेको कुरा आगामी वर्षहरूमा दुबैको हारमा परिणत हुन सक्छ,” आयुक्तले भने ।

डोम्ब्रोवस्कीसले भने, “विदेशी प्रतिबन्धहरूको सामना गर्ने उद्देश्यले बनाइएको नयाँ विदेश सम्बन्ध कानून र चीनको कडा जासुसी विरोधी नियमहरूको हालैको परिवर्तन ‘हाम्रो व्यापारिक समुदायको लागि ठूलो चिन्ताको विषय’ हो ।’

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : २० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण