शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस « Khabarhub

शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महङ्गी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका बिषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

मुलुक आर्थिक समस्यामा रहेका बेला आर्थिक मितव्ययीता अपनाउने कुरामा कांग्रेस गम्भीर रहेकाले तीनै तहका सरकारले अनावश्यक संरचना निर्माण नगर्ने र गरेको खण्डमा कांग्रेसले संलग्नता नजनाउने बैठकको निर्णय छ ।

त्यस्तै संविधान जारी भएको ८ बर्ष पुग्दा पनि आवश्यक कानून निर्माण नहुँदा तीनै तहका सरकार अन्यौलमा रहेकाले तत्काल कानून निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ भने कांग्रेस नेतामाथि भएको आक्रमणले सरकारको शान्ति सुरक्षामा नै प्रश्न खडा भएकाले जनतालाई सुरक्षाको अनुभूति हुने गरि शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताए ।

त्यस्तै बैठकले शिक्षक संगठनसंग भएको वार्ताको स्वागत गर्दै सहमति भएअनुसारको कानून निर्माण गर्न सदनबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले आसन्न महासमिति बैठकलाई सम्पन्न गर्न तीन वटा समिति गठन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार पार्टी सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, सहमहामन्त्री पूर्ण वहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा प्रतिवेदन तयारी समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समासामयीक राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ । बैठकले पार्टीले गरेका बिभिन्न गरेका कार्यक्रमहरुले पार्टीलाई बलियो बनाएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ०९ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका