शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस « Khabarhub

शिक्षकहरुसंग भएको सहमतिअनुसार कानून निर्माण गर्न सहयोग गर्छौ : कांग्रेस


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका बिषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महङ्गी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका बिषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

मुलुक आर्थिक समस्यामा रहेका बेला आर्थिक मितव्ययीता अपनाउने कुरामा कांग्रेस गम्भीर रहेकाले तीनै तहका सरकारले अनावश्यक संरचना निर्माण नगर्ने र गरेको खण्डमा कांग्रेसले संलग्नता नजनाउने बैठकको निर्णय छ ।

त्यस्तै संविधान जारी भएको ८ बर्ष पुग्दा पनि आवश्यक कानून निर्माण नहुँदा तीनै तहका सरकार अन्यौलमा रहेकाले तत्काल कानून निर्माण गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ भने कांग्रेस नेतामाथि भएको आक्रमणले सरकारको शान्ति सुरक्षामा नै प्रश्न खडा भएकाले जनतालाई सुरक्षाको अनुभूति हुने गरि शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्न सरकारको ध्यानाकर्षण गराएको प्रचार बिभाग प्रमुख विश्वकर्माले बताए ।

त्यस्तै बैठकले शिक्षक संगठनसंग भएको वार्ताको स्वागत गर्दै सहमति भएअनुसारको कानून निर्माण गर्न सदनबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले आसन्न महासमिति बैठकलाई सम्पन्न गर्न तीन वटा समिति गठन गर्ने निर्णय गरिएको विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार पार्टी सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति, सहमहामन्त्री पूर्ण वहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा प्रतिवेदन तयारी समिति र महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समासामयीक राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ । बैठकले पार्टीले गरेका बिभिन्न गरेका कार्यक्रमहरुले पार्टीलाई बलियो बनाएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ०९ बजे

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती