एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा २ बजे भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुनेछ ।

आजको खेलमा अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहँदा नेदरल्यान्ड्स दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ ।

जारी विश्वकपमा दुवै टोलीले आज पाँचौँ खेल खेल्दैछन् । अहिलेसम्मका चार खेलमा अष्ट्रेलियाले दुईमा जित र दुईमा हार बेहोरेको छ भने नेदरल्यान्ड्सले तीनमा हार र एकमा जित निकालेको छ ।

यी दुई टोलीबीच हालसम्म सन् २००३ र २००७ मा एकदिवसीय खेल भएको छ । दुवैमा अस्ट्रेलियाले जित हात पारेको छ ।

अस्ट्रेलियाले पछिल्लो ५ एकदिवसीय अन्तर्राष्ट्रिय मध्ये ३ खेलमा जीत र २ खेलमा हार बेहोरेको छ । यता नेदरल्याण्ड्सले पछिल्ला ५ मध्ये ४ खेलमा हार बेहोरेको छ भने १ खेल मात्र जितेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : १४ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको