डिज्नीको भारतीय व्यवसाय किन्दै अम्बानीको कम्पनी « Khabarhub

डिज्नीको भारतीय व्यवसाय किन्दै अम्बानीको कम्पनी


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ । 

रिलायन्सले नगद र शेयर दिएर करिब १० अर्ब डलरमा डिज्नी स्टारको बहुमत शेयर  किन्न लागेको जानकार स्रोतले जनाएका छन् । केही स्रोतले भने डिज्नीको सम्पत्तिलाई रिलायन्सले ७ अर्ब देखि ८ अर्बबीच मूल्यांकन गरेको छ । यो खरिद सम्झौताको घोषणा छिटोमा आगामी महीना हुन सक्ने बताइएको छ । 

रिलायन्सको केही मिडियो युनिटलाई डिज्नी स्टारमा गाभिन सक्ने बताइएको छ । यो सम्झौतामा डिज्नीलाई पनि भारतीय कम्पनीमा अल्पसंख्यक हिस्सा मिल्नेछ ।

सम्झौताको आकारबारे अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । डिज्नीले आफ्नो सम्पत्तिको मूल्यांकन गर्न केही बढी समय लिन सक्ने बताइएको छ । भारतमा डिज्नी स्टारको सब्सक्राइबर संख्या घटिरहेको छ । कम्पनीले भारतमा व्यवसायको अन्य विकल्प पनि हेरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ७ : ५६ बजे

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३