त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा यूएई हङकङसँग ६९ रनले पराजित भएको छ । तर पराजित भएर पनि यूएईले फाइनलमा स्थान बनाएको छ ।

दुवै टोलीले समूह चरणमा चार खेलबाट दुई–दुई अंक जोडे पनि रनरेटका आधारमा यूएई फाइलनमा पुगेको हो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको यूएई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनमा समेटियो । 

यूएईका खलिद साहले सर्वाधिक ३५ रन बनाए । यस्तै, निलन्स केसवानीले ३१ तथा बसिल अहमद र एलिसन सराफुले ३०–३० रन जोडे । हङकङका इसान खान, आयुस सुक्ला, नसरुलाह राना र यासिम मुर्तजाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हङकङका मार्टिन कोएट्जीले सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै बाबर हायतले ६० रनको अर्धशतक पार गर्दा अन्शुमन रथले ४१ रन जोडे । यूएईका निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले एक–एक विकेट लिए ।

अब यूएईले फाइनलमा नेपालसँग खेल्नेछ । फाइनल खेल शुक्रबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : १७ बजे

नेपाल प्रहरीका ३२ सई बढुवा सिफारिसमा (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले  जनपद प्रहरीका ३२ प्रहरी नायब

मुस्ताङमा दुई महिनामै एक लाख ७३ हजार पर्यटक

म्याग्दी – दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङको

युक्रेनले रूसमा दाग्यो अमेरिकी मिसाइल

एजेन्सी – युक्रेनले अमेरिकाबाट प्राप्त लामो दूरीको मिसाइल प्रहार गरेको

दोहामा हमासको कार्यालय सुनसान

एजेन्सी – कतारले मङ्गलबार हमासका वार्ताकारहरू दोहामा नरहेको तर उनीहरूको

साना नानीबाबुको उपचार गर्ने अस्पतालमै छैन बालमैत्री शौचालय

काठमाडौं- आज विश्व शौचालय दिवस ! विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम