त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा यूएई हङकङसँग ६९ रनले पराजित भएको छ । तर पराजित भएर पनि यूएईले फाइनलमा स्थान बनाएको छ ।

दुवै टोलीले समूह चरणमा चार खेलबाट दुई–दुई अंक जोडे पनि रनरेटका आधारमा यूएई फाइलनमा पुगेको हो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको यूएई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रनमा समेटियो । 

यूएईका खलिद साहले सर्वाधिक ३५ रन बनाए । यस्तै, निलन्स केसवानीले ३१ तथा बसिल अहमद र एलिसन सराफुले ३०–३० रन जोडे । हङकङका इसान खान, आयुस सुक्ला, नसरुलाह राना र यासिम मुर्तजाले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हङकङका मार्टिन कोएट्जीले सर्वाधिक ८६ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै बाबर हायतले ६० रनको अर्धशतक पार गर्दा अन्शुमन रथले ४१ रन जोडे । यूएईका निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले एक–एक विकेट लिए ।

अब यूएईले फाइनलमा नेपालसँग खेल्नेछ । फाइनल खेल शुक्रबार बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ८ : १७ बजे

धितोपत्र बोर्डका नाममा कसले चप्कायो घुस ?

काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी

बारपाकमा भिसी गजे घले संग्रहालय उद्‌घाटन

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको