एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अष्ट्रेलियाको सानदार जित | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अष्ट्रेलियाको सानदार जित


८ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले सानदार जित निकालेको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सलाई ३ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले सानदार जित निकालेको हो ।

अस्ट्रेलियाले जितका लागि दिएको ४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले सर्वाधिक २५ जोडे । यस्तै, तेजा निदामानुरुले १४, कप्तान स्टक एड्वार्डस र कोलिन एकरम्यानले १२–१२ तथा साइब्रान्ड एन्गलब्रेचले ११ रन बनाए ।

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक चार विकेट लिए । यस्तै, मिचेल मार्शले दुई तथा जोश हेजलउड, मिचेल स्टार्च र प्याट कमिन्सले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियो । अस्ट्रेलियाका ग्ले म्याम्सवेलले सर्वाधिक १ सय ६ रनको शतकीय इनिङ खेले । यस्तै, डेविड वार्नरले १ सय ४, स्टिभ स्मिथले ७१, मार्नुस लाबुसेनले ६२, जोश इङ्लिसले १४ र प्याट कमिन्सले १२ रनको योगदान दिए ।

नेदरल्यान्ड्सका लोगन भा बिकले चार, बास डि लिडेले दुई तथा आर्यन दत्तले एक विकेट लिए ।

योसँगै लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया पाँच खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ । दुई अंक भएको नेदरल्यान्ड्स पुछारमा छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  ९ : ४८ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा