आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस | Khabarhub Khabarhub

आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ। आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन्।

अभियानलाई नेपालमा पनि “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गरिँदैछ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ। त्यस्तै, महिला हिंसा घटाउन उपचारात्मक सेवाका साथै वा प्रवद्र्धनात्मक उपाय र प्रतिबन्धात्मक उपायको पनि अनुसरण गर्नु त्यति नै आवश्यक रहेको छ।

आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको सन् १९८१ देखि हो। यो वर्ष महिला हिंसा अन्त्य दिवसको ४४ औँ श्रृखला हो। यो वर्षको नारा “UNITE! Activism to End Violence against Women & Girls” रहेको छ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र सङ्घको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो। महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको हुन्छ। यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो भन्ने यसको प्रमुख उद्देश्य रहेको छ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ५ : ४५ बजे

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर

मन्त्री गुप्ता जोडिएको ७८ लाख घुस प्रकरणमा विपक्षीले घेरे सरकारलाई

काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणको घुस प्रकरणमा मुछिएको