नारायण गोपालले चिनाएका गीतकार कालीप्रसाद रिजाल | Khabarhub Khabarhub

नारायण गोपालले चिनाएका गीतकार कालीप्रसाद रिजाल



कालीप्रसाद रिजाललाई धेरैले गीतकारका रूपमा मात्र चिन्ने गर्दछन्। हुन पनि हो उनको गीतकारको व्यक्तित्व यति विशाल र भव्य बन्यो कवि, नाटककार वा कुशल प्रशासक र जीवनी लेखक व्यक्तित्व छायामा वा ओझेलमा पर्यो। कालिप्रसादलाई गीतकारका रुपमा मात्र धेरैले चिन्नुका पछाडि नारायण गोपालाको चर्चित गीत ‘‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ’ गीत प्रमुख कारण बनेको देखिन्छ। यो गीत रिजालको सिर्जना भएकाले सबैका मनमनमा गीतकारकै रुपमा उनको नाम संग्रहित भएको छ।

कविका रूपमा २० को दशकमा आए। वासु शशि, परशु प्रधानसँग निकट हुँदै साहित्यमा आकर्षित भए। तर गीतकारको रूपमा उनी राजेन्द्र थापा राममान तृषित भन्दा पछि नै आएका हुन्।

कालीप्रसाद रिजालको गीतकारको व्यक्तित्व यति विशाल र भव्य बन्यो कि उनको कवि, नाटककार वा कुशल प्रशासक र जीवनी लेखक व्यक्तित्व छायामा वा ओझेलमा पर्यो।

नारायण गोपाल गायक संगीतकारका रूपमा एक ख्यातिमा पुगेको बेला सांस्कृतिक संस्थानका महाप्रबन्धक नारायण गोपालको सूचना विभागसँग आबद्ध कालीप्रसाद रिजालसँग भेट हुन्छ। यो भेट परिचयको लागि मात्र एउटा बलियो सीमा बन्दैन। नारायण गोपालले रिजालसँग गीत माग्छन्। गीत मागेपछि दुई गीत नै रिजालले आफ्नो परिचयको रूपमा नारायण गोपालको हातमा सुम्पिए।

नारायण गोपाल यो समय धेरै वर्ष अरूको संगीतमा गाइरहेका थिए। कहिले अम्बर गुरुङ, कहिले गोपाल योञ्जन त कहिले सिके रसाइलीलगायत विभिन्न सङ्गीतकारको सङ्गीतमा गाइरहेको बेला फेरि एक पटक सङ्गीतकारको व्यक्तित्व झल्काउने खालको गीतहरू चाहिएको बेला उनको भेट रिजालसँग हुन्छ।

रिजाल तत्कालीन श्री ५ को सरकारका सचिव र त्यति बेलाको सांस्कृतिक संस्थानको महाप्रबन्धकको बीच पदको प्रतिष्ठा भन्दा पनि गीतकार र गायकको भेट हुन्छ। नारायण गोपालले चेतावनी पूर्वक दुई दुई पटक गीत मागेपछि रिजालले लजाइलजाइ आफ्नो कोटको खल्तीमा राखिएको दुई गीत नारायण गोपाललाई दिन्छन्।

कालिप्रसादलाई गीतकारका रुपमा मात्र धेरैले चिन्नुका पछाडि नारायण गोपालाको चर्चित गीत ‘‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ’ गीत प्रमुख कारण बनेको देखिन्छ।

नारायण गोपाल गीत नै नहेरी लिएर जान्छन्। यो गीत रेकर्ड भएपछि मात्र रिजाललाई थाहा हुन्छ यो गीत गाउनको लागि लायक थियो रहेछ भनेर। पहिलो गीत ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्याछ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ’ र अर्को गीत ‘झरेको पात झै भयो उजाड मेरो जिन्दगी’ यी गीत निकै चर्चित भए। अहिलको पुस्ताले भन्ने हो भने भाइरल भए। यही नै गीत नारायण गोपालको एउटै गीत हो भने जसरी फैलियो। गीतकारको विषयमा पनि विभिन्न अफवाहरु फैलिए।

यो देशभित्र मात्र लोकप्रिय भएन। त्यति बेला विश्वमा गजललाई परिचित गराउने प्रसिद्ध गजलकार शहेन शाह, गजल मेहदी हसन खाँ भनेर चिनिन्छन्। उनी नेपाल आउँदा पनि नारायण गोपालको संगीतको यही गीतलाई आफ्नो कार्यक्रम सामे गजलमा आफूले गाएका बाहेक अरु गीत गाउने क्रममा नारायण गोपालले संगीत बद्द गरेको कालीप्रसाद रिजालको गीत गाए।

यो घटना महत्त्वपूर्ण भयो किनभने त्यो बेला राजा महाराजाको निम्तामा नेपाली कलाकार दरबारमा जान्थे। त्यहाँ राजा महाराजाकै गीत गाउँथे। राजा महाराजाको आग्रहमा काठमाडौंमा कार्यक्रम गर्न आएका विदेशी कलाकारले दरबारमा दरबारकै गीतकारको गीत गाउँथेँ। तर मेहदी हसनले बितिसकेका राजा मबीबी शाहको गीतपछि कालीप्रसाद रिजालको गीत गाइदिए। जुन गीत उनको आवाजमा निकै सुमधुर सुनियो। त्यो गीत थियो, ‘आँखा छोपी नरोऊ भनी भन्नु पर्या छ।’ यो गीत अझै पनि लोकप्रिय छ।

यो गीत मेहदी हसनले गाएपछि उनको जुन उचाइ छ। विश्व गजल गायनमा र दक्षिण एसियामा रोयल अल्वर्ट हलमा पहिलो कार्यक्रम गर्ने एसियाको पहिलो कलाकारको जुन परिचय थियो। त्यो उनको उचाई अझ बढेर गयो। किनकि उनले नारायण गोपाल जस्तो कठिन गायकको गीत मञ्चमा गाएर नारायण गोपाललाई भव्य सम्मान दिए।

यो गीत पश्चात् कालीप्रसाद र नारायण गोपालको गज्जबको जोडी बन्यो। कालीप्रसाद रिजाल गीतकारका रूपमा बिस्तारै परिचित हुँदै गए। नारायण गोपालको सङ्गीतमा अन्य गीतहरू पनि आए ‘झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी’ , ’फुट्यो जिन्दगी झर्याे जिन्दगी’ जस्ता गीतहरू चर्चित भए।

यो गीतहरू गर्ने क्रममा कालीप्रसाद रिजालको गीतकारको व्यक्तित्व यति बृहत्तर हुँदै गयो शाही नेपाल चलचित्र संस्थानबाट बन्न लागेको तेस्रो रंगीत फिल्म ‘जीवन रेखा’ जुन प्रकाश थापाको निर्देशनमा केशवराज पिँडालीको कथामा बन्दै गरेको थियो। त्यो फिल्ममा अम्बर गुरुङले पहिलो पटक सङ्गीत गर्दै थिए। त्यो नेपाली चलचित्रमै नेपाली सङ्गीतकारले एकल सङ्गीत गरेको पहिलो फिल्म हुँदै थियो।

गीत पश्चात् कालीप्रसाद र नारायण गोपालको गज्जबको जोडी बन्यो। कालीप्रसाद रिजाल गीतकारका रूपमा बिस्तारै परिचित हुँदै गए। नारायण गोपालको सङ्गीतमा अन्य गीतहरू पनि आए ‘झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी’ , ’फुट्यो जिन्दगी झर्याे जिन्दगी’ जस्ता गीतहरू चर्चित भए।

जीव रेखाका निम्ति अम्बर गुरुङको सङ्गीतमा कालीप्रसाद रिजालले दुई गीत लेखे। पहिलो गीत ‘कहीँ आफ्नै भुमरीमा आफै पर्याे कि ’ अम्बर गुरुङले आफ्नै सङ्गीतमा आफैले गाए। यो गीत प्रसिद्ध कलाकार कुलदिप शेरचनले चलचित्रमा अभिनय गरे भने चलचित्रका प्रमुख पात्र शान्ति मास्केमाथि यसको छायाङ्कन भएको थियो। नेपाली चलचित्रका शीर्षस्त अभिनेता र पोखराली रङ्गमञ्चका प्रसिद्ध रङ्गकर्मी कुलदिप शेरचन पर्दामा यो गीत गाउँदा चर्चामा आए।

जीव रेखा फिल्ममा नै कालीप्रसादले अर्को गीत पनि लेख्नुभयो, ‘हे मेरी बिजुली’ यो गीतलाई उदित नारायण झा र तारादेवीले गाए। गोपाल राज मैनाली र बसुन्धरा भुसालमाथि छायांकन गरिएको थियो। त्यो निकै लोकप्रिय भयो। यस फिल्मका अर्को गीत लेख्ने गीतकार किरण खरेलले हास्य गीत लेखेका थिएनन्। यो भन्दा अगाडि बनेको फिल्म सिन्दुरमा लक्ष्मण लोहनीले हास्य गीत लेखे। त्यो गीत थियो ‘हे मेरी नक्कली’।

लक्ष्मण लोहनीको हे मेरी नक्कली जस्तै दोस्रो पटक कालीप्रसाद रिजालको ‘हे मेरी बिजुली’ पनि निकै लोकप्रिय भयो। अम्बर गुरुङले पनि पहिलो पटक हाँस्य गीत सङ्गीत गरे। त्यसमा कालीप्रसादकै शब्द थिए। यस अर्थमा कालीप्रसाद रिजाल भर्सटाइल गीतकारको रूपमा पनि चिनिए।

कालीप्रसाद रिजालको गीत लेखनको क्रम बढ्दै गएपछि नारायण गोपालले कालीप्रसादका गीतलाई सङ्गीत गरेर पहिलो पटक गायक फत्तेमान राजभण्डारीलाई गाउन लगाए। जुन गीत ‘बनै खायो डढेलोले’ निकै लोकप्रिय भयो। कालीप्रसाद रिजालको फत्तेमानले गाएको लोकप्रियतापछि नातिकाजी श्रेष्ठसँग पनि सहकार्य गरे।

लक्ष्मण लोहनीको हे मेरी नक्कली जस्तै दोस्रो पटक कालीप्रसाद रिजालको ‘हे मेरी बिजुली’ पनि निकै लोकप्रिय भयो। अम्बर गुरुङले पनि पहिलो पटक हाँस्य गीत सङ्गीत गरे। त्यसमा कालीप्रसादकै शब्द थिए। यस अर्थमा कालीप्रसाद रिजाल भर्सटाइल गीतकारको रूपमा पनि चिनिए।

कालीप्रसाद रिजालले एक फिल्मी गीतकारको रूपमा जीवन रेखा र अरु केही फिल्ममा पनि गीत लेखे। तर ‘जीव रेखा’को जस्तो अरु गीत चर्चित भएनन्। जीवन रेखाको कहीँ आफ्नै भुमरीमा पर्याे कि भन्ने गीत यति लोकप्रिय भयो कि २० वर्षपछि पनि त्यो गीतको शीर्षकमा पत्रिकाको सम्पादकीय लेखियो वा ६२/६३ को आन्दोलनमा पनि तत्कालीन राजा ज्ञानेन्द्र शाहको बारेमा लेखिएको लेखमा हिमाल वार्षिक पत्रिकामा कहीँ आफ्नै भुमरीमा आफै परियो कि’ भनेर राजालाई सम्बोधन गरिएको थियो। रिजालका गीतको विशेषता दैनिक जीवनमा वा घटनामा दोहोरिएर आउने गर्छन्।

रिजालका गीतहरू नारायण गोपाल नातिकाजीबाहेक अम्बर गुरुङपछि पनि अन्य संगीतकारमा शक्ति बल्लभ, शिलाबहादुर मोक्तान आदिले संगीत गरे। रिजालको एक गीत ‘बनै खायो डढेलोले’ एक समयमा दुई गायकले सँगै गाएँ। पहिला फत्तेमान राजभण्डारी र पछि नारायण गोपालले। फेरि त्यही गीत नारायण गोपालकी पत्नी नारायण गोपाल सङ्गीत कोषका अध्यक्ष पेमला गुरुवाचार्यले पुरस्कार स्वरूप नारायण गोपाल पछिको अर्को पुस्ताका गायक शैलेश सिंहलाई पुरस्कार स्वरूपमा गाउने मौका दिए किनकि उनले नारायण गोपाल सङ्गीत कोषको गायन प्रतियोगीतामा प्रथम भएपछि नारायण गोपालले नै सङ्गीत गरेको गीत गाउने अनुमति दिएको थियो। फेरि कालीप्रसाद रिजालले यो गीतको तेस्रो अन्तरासहित फेरि रेकर्ड गराए। एउटै गीत निकै चर्चित भएर तीन पटक रेकर्ड भएको यो घटना पनि नौलो हो।

रिजालका गीतको सन्दर्भमा अर्को महत्त्वपूर्ण चर्चा हुन्छ। नारायण गोपाल अस्वस्थ भइसकेपछि केही नयाँ शैलीको गीत गाउने क्रममा गजल शैलीका गीतहरू गाउने कोसिस गरे। उनले त्यो बेला दुर्गालाल श्रेष्ठ, गिरिजाप्रसाद जोशी, कालीप्रसाद रिजालका गीतलाई आफ्नै घरमा बसेर संगीतबद्ध गरे।

गिरिजाप्रसाद जोशीका नेपाल भाषाका गीत, दुर्गालाल श्रेष्ठका नेपाल भाषाका गीतबाहेक उनले कालीप्रसाद रिजालको शब्दमा ‘माया गर्नेको चोखो माया पनि देखियो’ भन्ने गीत त्रिभुवन विश्व विद्यालयको अतिरिक्त कार्यक्रम अन्तर्गत अतिथि गायकका रूपमा उनले गाएका थिए। यो गीत अत्यन्त चर्चित भयो। तर नारायण गोपालको स्वरमा स्टुडियामा रेकर्ड हुन पाएन। तर यस गीतलाई पछि नारायण गोपालपछिका पुस्ता लोचन भट्टराई, गायक रामकृष्ण ढकालले पनि गाएका छन्।

नारायण गोपाल अस्वस्थ भइसकेपछि केही नयाँ शैलीको गीत गाउने क्रममा गजल शैलीका गीतहरू गाउने कोसिस गरे। उनले त्यो बेला दुर्गालाल श्रेष्ठ, गिरिजाप्रसाद जोशी, कालीप्रसाद रिजालका गीतलाई आफ्नै घरमा बसेर संगीतबद्ध गरे।

कालीप्रसाद रिजालका धेरै गीत कुन्ती मोक्तानको आवाजमा पनि चर्चित भएका छन्। थुकदेन भुटिया, रामकृष्ण ढकाललगायत अन्य कलाकारले पनि गाएका छन्। तर अर्को महत्त्वपूर्ण कुरा कालीप्रसाद रिमालको शब्द दीपक जङ्गमको सङ्गीतमा अरुणा लामाले गाएको ‘म त चुपचाप पनि’ निकै लोकप्रिय देखिन्छ। कालीप्रसाद रिजाल गीत ढिलो लेख्न थाले पनि चर्चा र प्रसिद्धिले उनलाई अग्रज गीतकारको समकक्षी नै बनायो।

जीवनको सक्रिय समयमा सञ्चार मन्त्रालय र विभिन्न पदमा काम गरे पनि गीत र कविता बढी लेखे। तर रिटायर पछिको उनले आफ्नो आत्मकथा सुरु गरे। ‘काँडामाथि टेकेको जीवन’ भनेर आत्मकथा। जुन ७२ पछि लेखिएको हो। २०७४ पछि प्रकाशित भएको छ। यो नेपालयले प्रकाशन गरेको कालीप्रसाद रिजालको एउटा महत्त्वपूर्ण आत्मकथा हो। गीतकार कवि आत्मकथा लेखक कालीप्रसाद रिजालप्रति हार्दिक सम्मान सद्भाव र निरन्तर सक्रियताको कामना।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : १७ बजे

अवैध रूपमा उत्तर प्रदेश पुर्‍याइएका ९५ बालबालिकाको उद्धार

अयोध्या– उत्तरप्रदेश बाल आयोगले शुक्रबार बिहारबाट अवैध रूपमा उत्तरप्रदेश पुर्‍याइएका

‘लगानीकर्ता फजुल खर्च होइन, विवेकशील ढङ्गले लगानी गर्न आउँछन्‌’ : पूर्वगभर्नर क्षेत्री

काठमाडौं – पूर्वगभर्नर एवम्‌ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले

आम जनता र समाजवादी जनएकताबीच एकीकरण

काठमाडौं– आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

‘लगानी सम्मेलन तयारी उत्कृष्ट छैन, नपुगेको पनि हैन’ : खतिवडा

काठमाडौं – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई