बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन « Khabarhub

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन


२४ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बागमती प्रदेशका १३ मध्ये ९ जिल्ला र कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति तथा जिल्ला सभापतिहरू चयन भएका छन्।

बागमती प्रदेशमा काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जीव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

त्यसैगरी कोशी प्रदेशमा सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ तथा ओखलढुंगामा कृष्णबहादुर थापा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

रास्वपाले निर्वाचित सम्पूर्ण जिल्ला सभापति तथा कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

विज्ञप्तिअनुसार बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा शनिबार अधिवेशन जारी रहेको छ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित गरिएको छ। कोशी प्रदेशका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि अधिवेशन जारी रहेको जनाइएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा पार्टी संगठनलाई थप सुदृढ बनाउन जिल्ला अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १ : ४० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि