बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन « Khabarhub

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बागमती प्रदेशका १३ मध्ये ९ जिल्ला र कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति तथा जिल्ला सभापतिहरू चयन भएका छन्।

बागमती प्रदेशमा काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सञ्जीव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

त्यसैगरी कोशी प्रदेशमा सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, संखुवासभामा भक्तनारायण श्रेष्ठ तथा ओखलढुंगामा कृष्णबहादुर थापा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

रास्वपाले निर्वाचित सम्पूर्ण जिल्ला सभापति तथा कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

विज्ञप्तिअनुसार बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा शनिबार अधिवेशन जारी रहेको छ भने सिन्धुपाल्चोकको अधिवेशन विविध कारणले स्थगित गरिएको छ। कोशी प्रदेशका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि अधिवेशन जारी रहेको जनाइएको छ।

रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा पार्टी संगठनलाई थप सुदृढ बनाउन जिल्ला अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  १ : ४० बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र