विगत चार महिनादेखि हामीले भारतको मणिपुर राज्यमा भइरहेका हिंसाबारे जानकारी लिँदै आइरहेका छौं। हाम्रै देशमा पनि आदिवासी, दलित लगायतका समुदायको विषयलाई लिएर चर्चा परिचर्चा हुने गर्छन्।
भारत तथा नेपाल दुबै बहुभाषिक, बहुजातीय र बहु साँस्कृतिक समुदाय भएका देश हुन्। तर अधिकांश समाजमा बहुसंख्यकको बोलवाला रहेकै हुन्छ। समयक्रममा ती बहुसंख्यक समुदायको थिचोमिचो र हेलाहोचोको विषयलाई लिएर द्वन्द्व पनि चलिरहेको हुन्छ।
भिन्न समुदायसँग बहुसंख्यकले भन्ने गरेका या अपनाएका भन्दा फरक कथा हुन्छन्। भिन्न तरिकाले नै समाज चलिरहेको भन्ने तथ्य नबुझ्दासम्म अल्पसंख्यामा रहेका या इतिहासदेखि नै विभेद र थिचोमिचोमा पारिएका समुदायलाई बदलिँदो संसारसँगको सामञ्जस्य अप्ठ्यारो पर्ने गर्दछ। यी र यस्तै यथार्थ अफ्रिकी महादेशका समुदायसँग पनि मेल खान्छ।
त्यसैले अफ्रिकी युवा लेखक चिमामाण्डा निगोची अदिचीले ‘डेन्जर अफ सिंगल स्टोरी’ भनेर ‘टेड टक शो’ मा सनसनी नै ल्याएकी थिइन्।
मेरा एक घनिष्ट मित्रले पनि नारीवादीले त पुरुषलाई घृणा गर्छन् भने । तर, म पुरुषलाई घृणा गर्दिन र म एक ह्यापी फेमिनिष्ट हुँ। लाली दल्नु, अग्ला हिल लगाउनु पुरुष आकर्षित गर्नु होइन् । श्रृंगार त आत्मसन्तुष्टिका लागि गरिन्छन् ।
विश्वभर परिचित ‘टेड टक शो’ मा सन् २००९ मा ‘डेन्जर अफ ए सिंगल स्टोरी’ शीर्षकमा चिमामाण्डा निगोजी अदिचीले आफ्नो प्रस्तुति दिइन। त्यो सबैभन्दा धेरै पटक हेरिएको टेड वार्तामध्ये एक भएको छ। त्यस शोमा उनको चासो विभिन्न संस्कृतिको कम प्रतिनिधित्व बारे थियो।
अदिचीकी आमा ग्रेस ईफोमा (सन् १९४२) युनिभर्सिटीकी पहिलो महिला रजिष्ट्रार थिइन्। उनीहरु क्याम्पसकै आवासगृहमा बस्थे, जहाँ पहिले चिनुवा अचेवे बस्थे। नाइजेरियन गृहयुद्धमा यो परिवारले सर्वस्व गुमायो। यहाँसम्म कि मावली हजुरबुवाको परिवारसमेत सुरक्षित रहेन।
अदिचीले आफ्नो माध्यमिक तहको शिक्षा युनिभर्सिटी अफ नाइजेरिया सेकेन्डरी स्कूलबाट पूरा गरिन्। जहाँ उनले कयौं प्राज्ञिक पुरस्कार प्राप्त गरिन्। उनले मेडिसिन र फार्मेसीको अध्ययन गरिन्।
युनिभर्सिटी अफ नाइजेरियामा डेढ वर्षसम्म अध्ययन गर्ने क्रममा ‘द कम्पास’ भन्ने म्यागजिनको सम्पादन गरिन्। जसको प्रकाशन युनिभर्सिटीको क्याथोलिक मेडिकलका विद्यार्थीले गरेका थिए।
अदिचीले १९ वर्षको उमेरमा नाइजेरिया छोडिन्। उनी कम्युनिकेशन र पोलिटिकल साइन्स पढ्न ड्रेक्सेल युनिभर्सिटी, फिलाडेल्फिया, पेन्सिलभानिया गइन्। उनी त्यहाँबाट ईस्टर्न कनेक्टिकट स्टेट युनिभर्सिटीमा स्थानान्तरण भइन्, जहाँ उनकी दिदी चिकित्सा अभ्यासमा थिइन्। उनले सन् २००१ मा स्नातक र सन् २००३ मा स्नातकोत्तर डिग्री पूरा गरिन्। यसअघि सन् १९९७ मा उनको कविता संग्रह प्रकाशित भएको थियो।
एकल कथाको जोखिम
अदिचीले सन् २००९ मा ‘डेन्जर अफ अ सिङ्गल स्टोरी’ शीर्षकमा आफ्नो प्रस्तुति दिइन्, जसका चरित्र ककेसियन उद्गमका थिए। बाल्यकालमा अदिचीले प्रायः अमेरिकी–ब्रिटिस साहित्य पढिन्। संस्कृतिका फरक कथाहरुको महत्व धेरै हुन्छ। ती योग्य प्रतिनिधि पात्र हुन सक्छन् भन्ने उनको मान्यता हो। एक कथा बुझेर एक व्यक्ति, तिनीहरुको पृष्ठभूमि र इतिहासको गलत व्याख्या गर्ने परिपाटीबारे अदिचीले खुलेर आलोचना गरिन्।
नारीवाद मानव अधिकार भित्रको एउटा भाग हो । हजारौं वर्षदेखि महिला छुटयाएर राखियो, दोश्रो दर्जाको मानिसको रुपमा हेरियो भने यसलाई छुट्टै विषयका रुपमा नै लानुपर्छ भन्ने मान्यता हो ।
डेन्जर अफ अ सिंगल स्टोरीलाई लिएर अदिचीको मान्यता छ कि एकल कथाले हामीलाई पूर्वनिर्धारित अनुमान, निष्कर्ष र निर्णयमा लैजान सक्छ। यसको जोखिम भनेको गलत बुझाइ पनि निम्तिन सक्छ।
कथा कसले भनेको छ ? यसको विजारोपण कहिले र कसरी भन्ने विषयलाई ठूलो प्रभाव पार्नसक्छ। एकल कथाको प्रभावले मानिसलाई हामी कसरी समान छौं भन्ने भन्दा पनि हामी कसरी फरक छौं भनेर जोड दिनसक्छ। जसले अल्पसंख्यक या सीमान्तकृतलाई हीनताबोध गराउन सक्छ।
नारीवादको जिकिर
सन् २०१२ मा अदिचीले ‘टेड टक’मा हामी सबै नारीवादी हुन सक्छौं भन्ने भावमा आफ्नो मन्तव्य राखिन्। जसलाई पाँच मिलियन पटक हेरिएको थियो। यो टेड टकलाई सन् २०१४ मा पुस्तकका रुपमा प्रकाशन गरिएको थियो। यो पुस्तक अमेरिकामा मात्रै ७५ हजार प्रति बिक्री भएको थियो। महिला अधिकारवादीका रुपमा उनले लैङ्गिक संरचना र यौनिकताको विषयमा आफ्नो राय व्यक्त गरिन्।
अदिचीको भनाइ छ- ‘लैङ्गिकतासँगको समस्या यो छ कि यसले हामी को हौं ? भन्ने कुरालाई आकार दिन्छ। यसमा म खुसी छैन। मलाई रिस उठ्छ। लैङ्गिकताले आज जसरी काम गर्छ, त्यो गम्भीर अन्याय हो। हामी सबै रिसाउनु पर्छ। रिसले सकारात्मक परिवर्तन ल्याएको लामो इतिहास छ। रिसाउनुका साथसाथै राम्रोका लागि म आशावादी पनि छु। आफैंलाई बनाउने र पुनःनिर्माण गर्ने मानव जातिको क्षमतामा पनि विश्वास गर्नु पर्दछ।
अदिचीको स्वमूल्यांकनमा आफूलाई सन्तुष्ट महिलावादी भन्न रुचाउँछिन। कुनैबेला कसैले भनेको स्मरण गर्दै उनी भन्छिन- नारीवादी महिला बेखुसी हुन्छन्, किनकि उनीहरुले लोग्ने प्राप्त गर्नै सक्दैनन्। यद्यपि चिमाण्डाले सफल वैवाहिक जीवन बिताइन।
अदिचीले एक टक शोमा सबै महिलावादी हुनुपर्छ भन्ने आफ्नो मान्यतामा थप प्रष्ट पार्दै भनेकी छन्- सन् २००३ मा उनी आफ्नो उपन्यास पर्पल हिविस्कसको प्रचार गरिरहेकी थिइन। यस उपन्यासको केन्द्रीय पात्र एक दक्षतायुक्त पदमा काम गर्छ र उ आफ्नी पत्नीमाथि निर्मम हिंसा गर्छ। यो कहानीको समाप्ति बडो दुःखले भरिएको हुन्छ। यही पुस्तक पर्पल हिविस्कसको प्रचारका क्रममा चिमामाण्डा अदिचीलाई एक शालीन पुरुष पत्रकारले सल्लाह दिन्छन्-‘यो उपन्यास त महिलावादी लाग्छ, तपाईं आफूलाई स्त्रीवादी हुनबाट जोगाउनुस्। किनकि उनीहरुले साह्रै दुःख पाउँछन्। यिनीहरुले विवाहका लागि पुरुष पनि पाउँदैनन्।’
समाज भनेको सबै मानवले सहज रुपमा जीवन बिताउन सक्ने हुनुपर्छ । हामीले दोश्रो खालको दुनियाँको बारेमा सोच र सपना देख्नुपर्छ, जुन पहिले भन्दा न्यायपूर्ण होस् ।
‘त्यतिबेलादेखि नै मैले आफूलाई ह्यापी फेमिनिष्ट भन्न सुरु गरेँ।’ अदिची भन्दै गइन-‘मेरो सुरुको पढाइ गैरनारीवादी पुस्तक पढेर नै भयो। जब मैले क्लासिक अधिकारवाला पुस्तक पढ्न थालें, मलाई पढेर सिध्याउन कठिन भयो। मेरा एक घनिष्ट मित्रले पनि नारीवादीले त पुरुषलाई घृणा गर्छन् भने। तर, म पुरुषलाई घृणा गर्दिन र म एक ह्यापी फेमिनिष्ट हुँ। लाली दल्नु, अग्ला हिल लगाउनु पुरुष आकर्षित गर्नु होइन्। श्रृंगार त आत्मसन्तुष्टिका लागि गरिन्छन्।
लैङ्गिक मुद्दामा प्रवेश गर्नासाथ मान्छेहरु असहज महसुस गर्छन्। केही मानिस भने महिलावादी नै किन भन्नुपर्यो ? मानवअधिकारवादी भने पनि त हुन्छ नि भनी तर्क गर्छन्। नारीवाद मानव अधिकार भित्रको एउटा भाग हो। हजारौं वर्षदेखि महिला छुटयाएर राखियो, दोश्रो दर्जाको मानिसको रुपमा हेरियो भने यसलाई छुट्टै विषयका रुपमा नै लानुपर्छ भन्ने मान्यता हो।
तिमीले विवाहको लागि सोच्नुपर्छ, तयारी गर्नुपर्छ भनेर पनि हामी नै सिकाउँछौं। हामी छोरीलाई विवाहको तयारीको बारेमा सिकाउँछौं तर छोरालाई त्यहि कुरा सिकाउँदैनौं। हामी छोरीहरुलाई एक अर्काको प्रतिस्पर्धीको रुपमा हुर्काउँछौं तर त्यो कुनै कार्य सिद्ध गर्न वा जागिरको लागि होइन।
केही पुरुषको मान्यता यो पनि हुनसक्ला कि कुनै जमानामा महिलामाथि अन्याय थियो। तर, अहिले त सब ठीकठाक भइसकेको छ। अर्काथरि पुरुष यो पनि भन्छन् कि मेरो लागि लिंगीय एजेण्डा केही पनि होइन्। एउटा सानो उदाहरण नै हेरौं न दुई पुरुष र स्त्री कुनै रेष्टुरेन्टमा खाना खान गइराखेका छन् भने रेष्टुरेन्टको गेटमा पुग्नासाथ वेटरले पुरुषलाई नमस्ते गर्छ। यो अवस्थामा त्यो पुरुषले हामी दुईजना यहाँ आएका छौं, उनलाई पनि नमस्ते गर भन्न सक्दैन्। कोही भन्छन् वर्गको कुरा गर न किन स्त्रीको मात्रै।
यो बेला हामीसँग यो पनि उदाहरण छ कि गरिब पुरुषसँग आर्थिक विलासिता नभए पनि कथित मर्दाङ्गीको सुविधा त छ नि। कोही भन्छन कि नाइजेरियाली संस्कृतिले स्त्रीवादलाई स्वीकार गर्दैन। तर संस्कृति भनेको कुनै त्यस्तो जड वस्तु होइन, जुन परिवर्तन हुन सक्दैन्।
मेरो आफ्नै उदाहरण दिनुपर्दा मेरा दुई जुम्ल्याहा भतिजीहरु अहिले १५ वर्षका भए। उनीहरु मजाले हुर्कदै छन्। यदि १०० वर्ष अगाडि हुँदो हो भने जुम्ल्याहा बच्चा अशुभ हुन्छ भन्दै इग्बो समुदायले उनीहरुलाई जन्मिनासाथ मारिदिन्थे। हो त्यसैले समाज भनेको सबै मानवले सहज रुपमा जीवन बिताउन सक्ने हुनुपर्छ। हामीले दोश्रो खालको दुनियाँको बारेमा सोच र सपना देख्नुपर्छ, जुन पहिले भन्दा न्यायपूर्ण होस्।
हामी छोरीहरुलाई एक अर्काको प्रतिस्पर्धीको रुपमा हुर्काउँछौं तर त्यो कुनै कार्य सिद्ध गर्न वा जागिरको लागि होइन। हामी छोरीहरुलाई यो पनि सिकाइरहेका हुन्छौं कि छोरीहरु केटाजस्तै यौनप्राणी हुन सक्दैनन्।
यथास्थितिलाई बदल्न असहज त हुन्छ तर यसलाई हामीले व्यापक परिप्रेक्षबाट हेर्नुपर्छ। हामी सबै महिला र पुरुषले असल संसार बनाउनु छ। अदिचीले भनेकी छन् कि हामी छोरीलाई आफैंलाई सानो बनाउन सिकाइरहेका छौं। हामी उनीहरुलाई भन्छौं तिमीहरुले महत्वाकांक्षा राख्नुपर्छ तर असीमित होइन। फेरि यो पनि भन्छौ कि तिमीहरुले सफल हुने लक्ष्य राख्नुपर्छ तर धेरै सफल हुनु हुँदैन, हैन भने पुरुषको लागि चुनौती हुनसक्छ।
तिमीले विवाहको लागि सोच्नुपर्छ, तयारी गर्नुपर्छ भनेर पनि हामी नै सिकाउँछौं। हामी छोरीलाई विवाहको तयारीको बारेमा सिकाउँछौं तर छोरालाई त्यहि कुरा सिकाउँदैनौं। हामी छोरीहरुलाई एक अर्काको प्रतिस्पर्धीको रुपमा हुर्काउँछौं तर त्यो कुनै कार्य सिद्ध गर्न वा जागिरको लागि होइन। हामी छोरीहरुलाई यो पनि सिकाइरहेका हुन्छौं कि छोरीहरु केटाजस्तै यौनप्राणी हुन सक्दैनन्।
चिमामाण्डाको अर्को आवाज भनेको उनको रेसिजम सम्बन्धमा विचारको बारेमा हो। उनको सन् २०१३ मा आएको उपन्यास “अमेरिकाना”ले अफ्रिकन महिलालाई अमेरिकामा कुन अर्थमा हेरिन्छ भन्ने विषयलाई उजागर गरिएको थियो।
अदिची एक क्याथोलिक
अदिची एक क्याथोलिक हुन र बाल्यकालमा यिनी क्याथोलिक सम्प्रदायमा हुर्किएकी हुन्। आफ्ना विचार विशेष गरेर आफ्नो धर्मसँग द्वन्द्वमा पर्छन्। जर्ज टाउन विश्वविद्यालयमा सन् २०१७ मा उनले धर्म महिला अनुकूल संस्था होइन र महिला समान मानव होइनन् भन्ने धारणामा आधारित मन्तव्य व्यक्त गरिन्।
चिमामान्डा नगोजी अदिचीले आफू महिलावादी हुँ भन्ने विषयले आफ्नो पहिलो उपन्यास ‘पर्पल हिविसकस’द्वारा प्रमाणित गरेकी छन्। यस उपन्यासले अफ्रिकी महिलासँग सम्बन्धित विषयलाई चुनौती दिएको थियो।
रेसिजमबारे चिमामाण्डा
चिमामाण्डाको अर्को आवाज भनेको उनको रेसिजम सम्बन्धमा विचारको बारेमा हो। उनको सन् २०१३ मा आएको उपन्यास “अमेरिकाना”ले अफ्रिकन महिलालाई अमेरिकामा कुन अर्थमा हेरिन्छ भन्ने विषयलाई उजागर गरिएको थियो।
चिमामाण्डाले कयौं अडान लिइन। उनको विचारमा अफ्रिका महादेशबारेको विश्वको सूक्ष्म नश्लवादी बुझाई भनेको यो महाद्वीप एक अविकसित र रोगले ग्रस्त ठाउँ हो।
यौनिक अल्पसंख्यकबारे धारणा
अदिची यौनिक अल्पसंख्यकका अधिकारलाई समर्थन गर्छिन्। सन् २०१४ मा नाईजेरियाले एन्टी होमोसेक्सुआलिटी सम्बन्धी विधेयक पास गर्दा उनी पनि अरु नाइजेरियन लेखकसँगै यसको विरोधमा उत्रिएकी थिइन। अदिचीको लेखक पत्रकार केनेथ बिन्याभ्याङ्गा वेईनैनासँग घनिष्ठ मित्रता थियो जो गे राइटर थिए। उनी क्वानी साहित्यिक पत्रिकाका संस्थापक सम्पादकको जिम्मेवारीमा थिए।
अदिचीको भनाइमा नयाँ कानुन समलैङ्गिकतालाई अपराधिकरण गर्दा लोकप्रिय त भयो होला तर यसले हाम्रो लोकतन्त्र असफल भएको देखाउँछ। किनकि साँचो लोकतन्त्रमा बहुसंख्यकले अल्पसंख्यकलाई शासन गर्ने होइन कि अल्पसंख्यकको संरक्षण गर्ने हो। अपराध कुनै कारणले अपराध हुन्छ। अपराधमा पीडित हुन्छन्। अपराधले समाजलाई हानी गर्छ। अनि कुन आधारमा समलैङ्गिकता अपराध भयो ?
हामी नेपालमा पनि नारीवादी मुद्दाको बहसलाई निरन्तरता दिइरहेका हुन्छौं । सबै समुदाय र संस्कृति समेटिएको अनि महिला लगायत यौनिक अल्पसंख्यक, दलित जनजाति, आदिवासी लगायत सम्पूर्ण सीमान्तकृत समुदायको आवाज पनि मुखरित गर्नुपर्ने देखिन्छ ।
सारांस
यी नाइजेरियाली अमेरिकी लेखक अदिचीले आफ्ना व्याख्यानमा भनेका विषय नेपाली समाजमा नमिल्ला तर धेरै विषय जुन लैङ्गिकता, यौनिकता, भिन्न जाती समुदायको भिन्न संस्कृति र अभ्यासबारे हाम्रो समाजको वर्चश्वशाली मानिने समुदायले बुझेर, सबैलाई समेटेर र सबै मानव बराबरी भन्ने अवधारणा पुनस्थार्पित गर्नुपर्ने देखिन्छ। हामी नेपालमा पनि नारीवादी मुद्दाको बहसलाई निरन्तरता दिइरहेका हुन्छौं। यस्ता बहस भइरहँदा हामीले पनि सबै समुदाय र संस्कृति समेटिएको अनि महिला लगायत यौनिक अल्पसंख्यक, दलित जनजाति, आदिवासी लगायत सम्पूर्ण सीमान्तकृत समुदायको आवाज पनि मुखरित गर्नुपर्ने देखिन्छ। यो अवस्थामा हामी चिमामाण्डा निगोचीको कार्यलाई मनन गर्न सक्छौं। सबैभन्दा ठूलो आवश्यकता चाहिँ मानवीय चेतनाको दायरा फराकिलो बनाउनु नै हो।
प्रतिक्रिया