ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौँ : मन्त्री बस्नेत « Khabarhub

ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गर्छौँ : मन्त्री बस्नेत


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताएका हुन् ।

उनले मन्त्री बस्नेतले ट्रमा सेन्टरले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउदै यसको सेवा विस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री बस्नेतले विपन्नको उपचार निशुल्क हुनुपर्छ भन्ने आफ्नो मान्यता अनुसार वीर अस्पताल र ट्रमा सेन्टरले काम गरिरहेकोमा प्रशंसा गरे ।

 चिकित्सा शिक्षाको अध्ययनका लागि विदेश जानुपर्ने अवस्थालाई कम गर्न आफुले १०० देखि ३०० शैयासम्मका अस्पतालले नर्सिङ  र प्यारामेडिक्स तथा ३०० शैया भन्दा माथिमा अस्पतालले एमविविएस र विशेषज्ञ चिकित्सकको पढाई सञ्चालन गर्न पाउने गरि कानून परिवर्तन गर्न पहल गरिरहेको उनले बताए ।

गत वर्ष ट्रमा सेन्टरबाट ८२ हजारले ओपिडी सेवा लिएको, १७ हजार ५००ले आकस्मिक सेवा लिएको र ६ हजार ९०० मेजर अप्रेसन गरिएको जनाइएको छ । समारोहमा विभिन्न खेलकुदका बिजयी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो भने ट्रमा सेन्टरका संस्थापक निर्देशक प्रा.डा.अशोकरत्न बज्राचार्य र पूर्व निर्देशक डा. प्रमोद उपाध्यायलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ३ : १६ बजे

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा