यूरोपमा वायु प्रदूषणको मात्र उच्च « Khabarhub

यूरोपमा वायु प्रदूषणको मात्र उच्च


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हाल यूरोपमा सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम वायु प्रदूषणको रहेको यूरोपेली सङ्घ (ईयू) वातावरणसम्बन्धी निकायलेजनाएको छ ।

‘सन् २०२१ मा वायु प्रदूषक सान्द्रता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)द्वारा यसको वायुको शुद्धतासम्बन्धी दिशानिर्देशमा सिफारिस गरिएको स्तरभन्दा बढी रहेको छ’, युरोपेली वातावरण निकाय (ईईए)ले प्रकाशित एक रिपोर्टमा भनेको छ, ‘यी दिशानिर्देश स्तरहरूमा वायु प्रदूषण कम गरिएमा ईयू सदस्य राष्ट्रहरूमा उल्लेखनीय सङ्ख्यामा हुने मृत्युहरू रोक्न सकिन्छ ।’

सन् २०२१ मा युरोपेली सङ्घमा तीन लाख २० हजारभन्दा बढीको मृत्यु तीन मुख्य वायु प्रदूषक सूक्ष्म कण (फइन पार्टिकुलेट म्याटर, ओजोन र नाइट्रोजन डाइअक्साइड)सँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।

डब्ल्यूएचओको सिफारिसअनुसार ‘फाइन पार्टिकुलेट म्याटर (पीएम २.५) को सान्द्रता भएको भए ईयूमा करिब दुई लाख ५३ हजार मानिसको मृत्यु हुनबाट जोगिन सकिन्थ्यो । यसैबीच नाइट्रोजन डाइअक्साइडबाट हुने प्रदूषणका कारण ५२ हजारको मृत्यु भएको थियो भने अल्पकालीन ओजोनको उपस्थितिको जोखिमका कारण २२ हजार जनाको मृत्यु भएको थियो ।

ईयूबाहिरका युरोपेली देशहरूको ठूलो समूहलाई समावेश गर्दा युरोपभरि प्रदूषक–सम्बन्धित मृत्युको सङ्ख्या ३८९ हजार पुगेको रिपोर्टमा उल्लेख गरिएको छ ।

मानव वायु प्रदूषणको सम्पर्कमा आउँदा फोक्सोको क्यान्सर, मुटुरोग, दम र मधुमेहजस्ता केही रोगहरूको जोखिम बढ्ने ईईएको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : २२ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित