हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान « Khabarhub

हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भनी पाकिस्तान सरकारले लगाएको आरोप खण्डन गरेको छ । मुलुकका जनताको ध्यान भड्काउनका लागि पाकिस्तान सरकारले आफ्नो मुलुकमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानको उपस्थिती रहेको आरोप लगाएको अफगान तालिबानको भनाइ छ ।

अफगानिस्तानको टोलो न्यूजले जनाएअनुसार अफगान तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आफ्नो मुलुकमा सुरक्षा बहाल गर्न असफल भएपछि पाकिस्तान सरकारले आफ्नो मुलुकमाथि आरोप लगाएको टिप्पणी गरेका छन् । पाकिस्तान सरकारले पाकिस्तानी भूमिमा भएका आक्रमण रोक्न असफल भएसँगै आफ्ना जनताको भड्काउन अफगानिस्तानमाथि यस्तो आरोप लगाएको बताए ।

यसअघि पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल हक कक्करले अफगान तालिबानलाई अफगानिस्तानमा रहेका पाकिस्तानी तालिबानविरुद्ध कारवाही गर्न वा उनीहरुलाई आफ्नो जिम्मा लगाउन चुनौति दिएका थिए ।

उनले पाकिस्तानमा हुने आतंकवादी गतिविधिविरुद्ध अफगान तालिबानको निष्कृयता अस्वकार्य रहेको समेत बताएका थिए । अफगान तालिबानले बारम्बार आफ्नो भूमि अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : ३९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव