इजरायलद्वारा लस्कर ए तैएबा आतंककारी संगठन घोषित « Khabarhub

इजरायलद्वारा लस्कर ए तैएबा आतंककारी संगठन घोषित


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- इजरायलले पाकिस्तानमा आधारित लडाकु समूह लस्कर ए तैएबालाई आतंककारी संगठन घोषित गरेको छ । सन् २००८ मा भारतको मुम्बई सहरमा गराइएको आतंककारी आक्रमणमा संलग यस समूहलाई इजरायलले आतंककारी संगठनमा सूचीकृत गरेको हो ।

भारतमा रहेको इजरायली राजदूतावासले विज्ञप्ति जारी गर्दै लस्कर ए तैएबालाई आतंककारी संगठनमा सूचीकृत गरेको जानकारी दिएको हो ।इजरायलले यस संगनलाई ‘घातक र निन्दनीय’ आतंककारी संगठनको संज्ञा दिएको छ ।

सन् २००८ को नोभेम्बर २६ का दिन लस्कर ए तैएबाले १२ वटा श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । २९ नोभेम्बरसम्म चलेको यस आक्रमणका क्रममा १ सय ६४ जनाको मृत्यु भएको थियो भने ३ सय ८ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १२ : ५० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त