क्रिसमसको अवसरमा एक हजार कैदी रिहा « Khabarhub

क्रिसमसको अवसरमा एक हजार कैदी रिहा


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ । 

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् । 

सोमबार रिहा भएका एक हजार चार जनामध्ये जरिवाना तिर्न नसकेका कारण जेल सजाय भोगिरहेका श्रीलङ्काका नागरिक रहेको कारागार आयुक्त गामिनी दिसानायकेले जानकारी दिएका छन् ।

श्रीलंकामा बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको छ र बुद्धको जन्म, प्रबुद्धता र मृत्युको उपलक्ष्यमा मनाइने वैशाखको बिदाको अवसरमा मे महिनामा पनि त्यति नै सङ्ख्यामा दोषीलाई रिहा गरिएको थियो ।

क्रिसमसको पूर्वसन्ध्यामा रोकिएको एक साता लामो सेना समर्थित लागूऔषध विरोधी अभियानका क्रममा प्रहरीले करिब १५ हजार व्यक्तिलाई पक्राउ गरेपछि पछिल्लो क्षमादान दिइएको हो ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा १३ हजार ६६६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको र करिब एक हजार १०० जनालाई हिरासतमा लिएर सेनाद्वारा सञ्चालित अस्पतालमा अनिवार्य पुन: स्थापनाका लागि पठाइएको उल्लेख छ ।

श्रीलंकाका जेलहरूमा क्षमताभन्दा बढी कैदी राख्दा लामो समयदेखि जेलमा कैदीको भीडभाड हुने गरेको छ । सरकारी तथ्यांकअनुसार शुक्रबारसम्म ११ हजार कैदीबन्दी राख्न मिल्ने गरी निर्माण गरिएका जेलमा करिब ३० हजार कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १२ : २९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २