बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान  « Khabarhub

बुबा अरबाजको बिहेमा गितार बजाउँदै अर्हान 


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खानका भाइ अरबाज अभिनय बाहेक पनि विभिन्न विषयले चर्चामा आइरहन्छन् । पछिल्लो समय उनी दोस्रो विवाहका कारण चर्चामा छन् । 

अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग आइतबार लगन गाँठो कसेका हुन् । मुम्बईमा भएको सो विवाह समारोहमा खान परिवार र नजिकका इस्टमित्रमात्रै सहभागी रहेको बताइएको छ । 

फिल्म निर्माता अतुल अग्निहोत्रीले विवाहको सानो झलक समाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । जसमा अर्बाजका छोरा अर्हानले बुबाको बिहे विशेष बनाउन आफ्नो सांगीतिक प्रस्तुति दिएका छन् । अरबाजले आफ्नो विवाहमा छोराले गितार बजाएको दृश्य मोबाइलमा कैद गरिरहेका छन् । 

२१ वर्षीय अर्हान, अरबाज र मलाइका अरोरका छोरा हुन् । अरबाज र मलाइकाको सन् २०१६ मा डिभोर्स भएको थियो । डिभोर्सपछि अर्हान बुबासँग बस्दै आएका छन् । यद्यपि उनको आमासँग पनि सम्बन्ध राम्रो छ । 

मलाइका अहिले नायक अर्जुन कपुरसँग डेट गरिरहेकी छन् भने अरबाजले आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका जर्जिया एन्ड्रियानीसँग ब्रेकअप गरेर शुरासँग लगन गाँठो कसेका हुन् । अरबाज र शुराको भेट आगामी फिल्म ‘पटना शुक्ला’को सुटिङका क्रममा भएको हो । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ३ : २३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्