नारायणगढदेखि बुटवलसम्म रास्वपाको पैदल यात्रा सुरु « Khabarhub

नारायणगढदेखि बुटवलसम्म रास्वपाको पैदल यात्रा सुरु


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइलाई लक्षित गर्दै सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ ।

पदयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सोमबारदेखि सुरु भएको हो । नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्देश्य रहेको सभापति लामिछानेले बताएका छन्  । 

यात्रामा पार्टी सभापति लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी छन । दबाब यात्रामा सहभागी हुनेहरुलाई पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न र शुभेच्छुक तथा शुभचिन्तकहरूलाई यात्राको क्रममा भीडभाड नगरिदिन सभापति लामिछानेले आग्रह गरे । यस्तै उनले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको भन्दै आफूले ऋण लिएको प्रमाण दिन चुनौती दिए ।

सभापति लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको समेत बताए । पोखरामा आफूमाथि भएको मकैको खोया प्रहार वेल प्लान्ड जस्तो देखिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : १५ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन