प्रधानमन्त्री कप महिला टी-२० मा एपीएफको लगातार चौथो जित | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला टी-२० मा एपीएफको लगातार चौथो जित


९ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा विभागीय टोली एपीएफले कोशी प्रदेशलाई पराजित गरेको छ ।
सोमबार सम्पन्न खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको ८५ रनको लक्ष्य पछाएको एपीएफले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा २ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

यो यस प्रतियोगितामा एपीएफको लगातार चौथो जित हो । यो जितपछि ४ खेलमा ८ अंकसहित एपीएफ शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै कोशी प्रदेशको भने यो खेलपछि ४ खेलमा ६ अंक रहेको छ र तेस्रो स्थानमा झरेको छ ।

अब एपीएफले अर्को खेल बुधबार कर्णाली प्रदेशसँग खेल्ने छ भने कोशी प्रदेशले बुधबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका