सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने « Khabarhub

सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक सूर्य आवसीय माध्यमिक विद्यालयले खाँदबारीमा आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल प्रतियोगितामा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५ टिमको सहभागिता रहने आयोजक सूर्य बोर्डिङ स्कुलले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११, दुई सय तोला चाँदीको ट्रफी, उपविजेताले रु ५५ हजार, तेस्रो हुने टिमले रु ३३ हजार र सान्तवना हुने टिमले रु ११ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : २४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको