कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख « Khabarhub

कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।

कामपाले आज यहाँ आयोजना गरेको अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि नेपाल खड्गी सेवा समितिअन्र्तगत ४७ गुठी तथा खललाई रु एक लाखका दरले रकम उपलब्ध गराइएको हो ।

आज रकम प्राप्त गर्ने गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं बाजं खलः, कंगअजिमानायः खिं, सिपाइँनायःगुठी, पुन हिटी गुठी, योमरीपुन्ही गुठी, दफ्तर नायः खिं बाजं खलः, ईन्द्रायणी गुठी, ईन्द्रायणी सना गुठी, ईन्द्रायणी गुठी समाज, भद्रकाली गुठी, ईन्द्रायणी गुठी, भद्रकाली गुठी खलः, भद्रकालीनायोखिंं बाजँखलः समिति रहेका छन् ।

त्यसैगरी पंचकुमारी सिं गुठी, मैतीअजिमानायः खिं बाजं खल, पचली भैरव तःधं गुठी, पचली भैरव सेवा गुठी, पचली भैरव नायोपाचो तधं गुठी, ईन्द्रायणी तःधं गुठी, ईन्द्रायणी शान्ती गुठी, ईन्द्रायणी सेवा गुठी, ईन्द्रायणी आजाःअजु सना गुठी, भद्रकाली छ्वास गुठी, बालाच¥हे सेवा गुठी खलः, पचली भैरव चिधं गुठी क्वःने, बागबजार नेवाबाजं खलः, भद्रकाली धर्म गुठी, ईन्द्रायणी गुठी, अजिमा सेवागुठी, ईन्द्रायणी गुठी समाज, नरसिंह माइला गुठी, बैकुण्ठ गुठी, भुरुङ् खेल मेहर सिं गुठी, चल्खु अजिमा गुठी, गुहेश्वरी द्यः पालाः खड्गी समुह, पञ्चकुमारी खड्गी सेवा गुठी, बलराम गुठी, शान्त गुठी, ईन्द्रायणी सना गुठी द्यः बु रहेको छ ।

कार्यक्रममा कामपाप्रमुख बालेन्द्र साहले अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौँको सांस्कृतिक पहिचान नै धरापमा पर्नसक्ने भन्दै मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न अहिले नै लाग्नुपर्ने बताए।

कार्यक्रममा नेवा जातीय महासङ्घका अध्यक्ष एवं खड्गी सेवा समितिका संरक्षक मनोज नेवा खड्गीले, अनुदान प्राप्त गर्न समूह बनाउन थाल्ने जस्ता विकृतिप्रति चनाखो हुनुपर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  १० : ३६ बजे

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित

जङ्गली भ्याकुर खाँदा एकको मृत्यु

बलेवा–  निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज