आठौँ म्याग्दी राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई « Khabarhub

आठौँ म्याग्दी राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रजत, आठ कास्य पदक हात पार्दै बेनी प्रथम हुन सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, सात रजत र तीन कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र पाँच स्वर्ण, तीन रजत र चार कास्य पदकसहित मङ्गला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकालाई क्रमशः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । लगातार तीनपटक नै विजेता बन्न सफल बेनीले रनिङ शिल्ड नै राखेको छ । प्रतियोगितामा जिल्लाका छ पालिकामा सम्पन्न विद्यालय तहस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पदक विजेता खेलाडी र उपाधि विजेता पालिकालाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ ४८ पदकमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा एथेलटिक्सतर्फ चार स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मङ्गला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ८८ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ०० बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन