आठौँ म्याग्दी राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई | Khabarhub Khabarhub

आठौँ म्याग्दी राष्ट्रपति रनिङ शिल्डको उपाधि बेनीलाई


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम बेनीस्थित खुलामञ्चमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण, सात रजत, आठ कास्य पदक हात पार्दै बेनी प्रथम हुन सफल भएको हो ।

त्यसैगरी प्रतियोगितामा पाँच स्वर्ण, सात रजत र तीन कास्य पदकसहित अन्नपूर्ण गाउँपालिका दोस्रो र पाँच स्वर्ण, तीन रजत र चार कास्य पदकसहित मङ्गला गाउँपालिका तेस्रो हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकालाई क्रमशः नगद रु २० हजार, १५ हजार र १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । लगातार तीनपटक नै विजेता बन्न सफल बेनीले रनिङ शिल्ड नै राखेको छ । प्रतियोगितामा जिल्लाका छ पालिकामा सम्पन्न विद्यालय तहस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पदक विजेता खेलाडी र उपाधि विजेता पालिकालाई पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्सतर्फ ४८ पदकमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा एथेलटिक्सतर्फ चार स्वर्ण पदक जित्दै उत्कृष्ट खेलाडी घोषित हुन सफल मङ्गला गाउँपालिकाकी रिक्जना माझीलाई नगद पुरस्कारसहित आयोजकले सम्मान गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीमध्येबाट यही फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा सहभागिताका लागि ८८ खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ०० बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम