जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तीव्र | Khabarhub Khabarhub

जाजरकोटमा शैक्षिक अवस्था सुधार्न भौतिक संरचना निर्माणमा तीव्र


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोट कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि भौतिक संरचनामा तीव्रता दिइएको छ। जसअनुसार खानेपानी, शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरू पढ्ने वातावरण सिर्जना गरिएको हो। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र गाउँपालिकाको संयुक्त सहकार्यमा उक्त संरचना निर्माण गरिएको हो।

बालबालिकाहरूलाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा दिनका लागि भौतिक संरचना निर्माणमा जोड दिइएको अभियानका वरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिए।

सन् २०१९ मा सुरु भएको उक्त परियोजनाले सन् २०२२ सम्म नयाँ ५ वटा विद्यालयका भवन निर्माण गरेको उनले बताए। निर्माण भएका विद्यालयहरूमा वडा नम्बर ३ मा २ वटा, वडा नम्बर ५ मा १ वटा र वडा नम्बर ६ मा २ वटा रहेका छन् भने १७ वटा विद्यालय मर्मत गरी पढ्न योग्य बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले सुनाए।

यसैगरी, पालिकाभित्र व्यवस्थित, सुरक्षित र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ भने त्यस्तै विद्यालयमा बालमैत्री धाराहरु समेत निर्माण गरिएको छ। पाठकका अनुसार २० वटा बालमैत्री धारा निर्माण गरिएको छ।

विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन गरिएको छ। विद्यार्थी बस्न योग्य बनाउनका लागि मर्मत तथा भित्री भाग व्यवस्थापनका लागि ६ वटा विद्यालयमा काम गरिएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ४३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस