रुकुम पूर्वमा कोभिडको बुस्टर मात्रा आजदेखि « Khabarhub

रुकुम पूर्वमा कोभिडको बुस्टर मात्रा आजदेखि


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व- आजबाट कोभिड–१९ विरुद्धको ‘फाइजर वायोभाइलेन्ट’ खोपको बुस्टर डोज लगाइँदै छ। पहिलो चरणमा जिल्लाको सिस्ने गाउँपालिका–५ र ६ वडाका ५५ वर्षमाथिका नागरिक, कर्मचारी, सुरक्षाकर्मी तथा व्यापार व्यवसायीलाई खोप लगाइने भएको छ ।

खोप कार्यक्रम १४, १५ र १६ गते तीन दिनसम्म चल्ने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ। यसअघि कोभिड–१९ को पहिलो, दोस्रो मात्रा पूरा गरी पहिलो बुस्टर मात्रा लगाउन छुटेका तथा पहिलो बुस्टर मात्रा लगाई छ महिना अवधि पुगेका ५ र ६ नं वडाका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं ल्याब टेक्निसियन निमप्रसाद गिरीले बताए। उनका अनुसार स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरक्षा शक्ति कम भएका व्यक्तिलाई खोप लगाइनेछ ।

यी सबै लक्षित व्यक्तिलाई पहिले खोप लगाएको कार्डसहित उपस्थित हुन आग्रह गरिएको छ । सिस्ने गाउँपालिका–५ को रुमालबारा स्वास्थ्यचौकी, टाकुराको आँखा उपचार केन्द्र नजिकै, रुकुमपूर्व अस्पतालबाट खोप लगाइने छ भने ६ नं वडामा छिप्रीदहको विन्द्यावासिनीको मन्दिर प्राङ्गणबाट खोप लगाइने सूचना अधिकारी गिरीले बताए। छुटेकालाई रुकुमपूर्व अस्पतालबाट खोप लगाइने छ । अहिले जिल्लामा तीन सय ६० भायल वायोभाइलेन्ट खोप आएको छ। अब दोस्रो चरणमा आएको खोप क्रमशः भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ११ : १७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम