पल शाह मुद्दामा अभियोग दाबी नपुग्ने पोखरा उच्च अदालतको ठहर, भोलि जेलमुक्त हुने « Khabarhub

पल शाह मुद्दामा अभियोग दाबी नपुग्ने पोखरा उच्च अदालतको ठहर, भोलि जेलमुक्त हुने


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा पोखरा उच्च अदालतले अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ ।

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदनको सुनुवाई गर्दै अभियोग दाबी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतको आदेशविरुद्द पोखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो ।

शाह एक वर्षयता कारागारमा छन् । आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ६ : ४८ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली