बागमती प्रदेशसभाको बैठक : दुई विधेयक पारित | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक : दुई विधेयक पारित


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौडा – बागमती प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकले दुई विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ पारित भएका हुन् । बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ती दुवै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।

यसैगरी, आजै साँझ बसेको पहिलो बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका संयोजक डा दिनेशचन्द्र देवकोटाले उक्त समितिमा दफावार छलफल भई अन्तिम निर्णय भएका प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

उक्त विधेयक व्यवस्थापन विशेष समितिले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ माथि प्रदेशसभाका १८ जना सदस्यहरूले संसद्मा प्रस्ताव प्रस्तुत गरेको रायहरूलाई पनि समावेश गरी प्रतिवेदन तयार गरिएको संयोजक डा देवकोटाले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दुईवटा अध्यादेशमार्फत जारी गर्नुभएको विधेयकलाई विस्थापित गरी नयाँ विधेयकलाई ऐनका रूपमा पारित गरिएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आज बसेको प्रदेशसभा बैठक स्थगित गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ४७ बजे

सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

काडमाडौं– आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको

गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । यसैबीच

सौर्यका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल पठाइयो

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका क्रममा

घरघर पुगेर सेवा दिँदै फक्ताङलुङ गाउँपालिका

ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ

आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज

काठमाडौं- पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको