बागमती प्रदेशसभाको बैठक : दुई विधेयक पारित « Khabarhub

बागमती प्रदेशसभाको बैठक : दुई विधेयक पारित


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौडा – बागमती प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकले दुई विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ पारित भएका हुन् । बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ती दुवै विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।

यसैगरी, आजै साँझ बसेको पहिलो बैठकमा विधेयक व्यवस्थापन विशेष समितिका संयोजक डा दिनेशचन्द्र देवकोटाले उक्त समितिमा दफावार छलफल भई अन्तिम निर्णय भएका प्रतिवेदनहरू प्रस्तुत गरेका थिए ।

उक्त विधेयक व्यवस्थापन विशेष समितिले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ माथि प्रदेशसभाका १८ जना सदस्यहरूले संसद्मा प्रस्ताव प्रस्तुत गरेको रायहरूलाई पनि समावेश गरी प्रतिवेदन तयार गरिएको संयोजक डा देवकोटाले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दुईवटा अध्यादेशमार्फत जारी गर्नुभएको विधेयकलाई विस्थापित गरी नयाँ विधेयकलाई ऐनका रूपमा पारित गरिएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आज बसेको प्रदेशसभा बैठक स्थगित गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ४७ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ