सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ : सांसद डा. कोइराला « Khabarhub

सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ : सांसद डा. कोइराला


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय आफ्नै कमी कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो भएको बताएका छन् ।

“अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन”, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, “हाम्रा कमीकमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो ।”

उनले २०४८ सालमा ल्याएको सुधारको शृङ्खलालाई निरन्तरता दिन नसक्दा नै अहिले समस्या उत्पन्तन भएको धारणा राखे । उनले लोकतान्त्रिक राजनीतिक प्रणालीले विशिष्ट मूल्यपद्धति र नैतिक मूल्यको अपेक्षा गर्ने उल्लेख गर्दै राजनीतिक पद्धति जतिसुकै राम्रो भए पनि त्यसअनुरुप व्यवहार नभएको बताए । उनले देशमा अराजकताले मात्रै प्रश्रय पाउँदा राजनीतिक उपलब्धि पनि धरापमा पर्ने उल्लेख गरे ।

सरकारको सामु चुनौतीको चाङ भए पनि नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावना रहेको उनको भनाइ छ । उनले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै राजनीतिक सहमति कायम गरी अघि बढ्न आग्रह गरे ।

नागरिकको विश्वास र संसद्को समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको सङ्कट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिने उनको धारणा छ । “यसका लागि प्रधानमन्त्रीले इच्छाशक्तिले मात्रै पुग्दैन”, उनले भने, “सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ ।”

समाजवाद भ्रष्टाचारको जगबाट नआउने भन्दै उनले समन्यायिक समाज बनाउन विचार, व्यवहार र दृष्टिकोण आवश्यक पर्ने बताए । “साझा सङ्कल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न सकिन्छ, विश्वबाट लगानीको अवसर नेपाल भित्र्याएर बेरोजगारीलाई सम्बोधन गर्न आवश्यक छ”, उनले भने ।

सरकारी निकायले उद्योग–व्यवसायमाथि झन्झट थोपर्ने, दोहन गर्ने र हैरान पार्ने काम बन्द गर्नुपर्ने, उद्योग–वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्श लगायतले लगानी र रोजगारी बढाउन ऐन, कानुन र प्रक्रियामा सुधारका लागि दिएका सुझावको निरपेक्ष अध्ययन गरेर आवश्यकता अनुसार सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।

उनले जनतामा आशा र भरोसा नजगाइ लोकतन्त्रको संरक्षण गर्न पनि नसकिने बताउँदै सम्भव भएसम्म अब सर्वाङ्गीण आर्थिक सुधारका काम अगाडि बढाउन आग्रह गरे ।

लोकतान्त्रिक राजनीतिक प्रणालीलाई अक्सिजन दिएर बचाउने, बढाउने र जोगाउने काम आर्थिक विकासवाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता कोइरालाले नेपालका प्रत्येक नागरिकको जीवनमा देखिने गरी आउने दिगो सुधारले मात्र यो सम्भव हुने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ३ : ३६ बजे

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा

‘अष्ट्रेलियामा अर्बपतिहरूको सम्पत्तिमा वृद्धि’

एजेन्सी – अष्ट्रेलियाका ४८ अर्बपतिहरूको कुल सम्पत्ति देशको ४० प्रतिशत

गगनले बाँडिसके हिमाली र उच्च पहाडी जिल्लाका २० क्षेत्रका लागि कांग्रेसको टिकट

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन

तोसिमा कार्कीले पाइन् टिकट, पुरानै क्षेत्र ललितपुर ३ बाट उठ्ने

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र

सरकारले खारेज गर्‍यो विवादित प्रधानमन्त्री रोजगार कार्यक्रम

काठमाडौं– सरकारले अनुत्पादक र विवादित रहँदै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम