एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै « Khabarhub

एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४ सय ६६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।

आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा २१ जना गरी एक हजार ४६६ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुन लागेका शिक्षा विकास तथा समन्वय इकाई मुगुका इकाई प्रमुख सूर्यबहादुर खत्रीले बताए ।

उनका अनुसार गत वर्षभन्दा यो वर्ष एसईई परीक्षा दिने परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । गत वर्ष ९७६ जना परीक्षार्थीले एसईई दिएका थिए । परीक्षा सञ्चालनका लागि ७ वटा केन्द्र तोकिनुका साथै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्र अध्यक्ष तोकिने पनि इकाई प्रमुख खत्रीले जानकारी दिए ।

उनले भयरहित वातावरणमा परीक्षा सञ्चालन हुने विश्वास दिलाउँदै परीक्षार्थीलाई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् । यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : २३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी