वित्तीय स्थायित्वमा जोखिम बढ्यो : आईएमएफ प्रमुख जर्जिएभा « Khabarhub

वित्तीय स्थायित्वमा जोखिम बढ्यो : आईएमएफ प्रमुख जर्जिएभा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको चेतावनी दिएकी छिन् । उनले पछिल्लो उथलपुथलपछि सतर्कताको खाँचो रहेको पनि बताइन् ।

चीनको राजधानी बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै प्रमुख जर्जिएभाले युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने चेतावनी दिइन् ।

उनले चाइना डेभलपमेन्ट फोरममा भनिन्, “सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ । अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ ।”

सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ६ : ५७ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन