कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा « Khabarhub

कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ । यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज सार्वजनिक बिदासमेत दिएको छ । जुम्ली किसानहरू आज आफ्नो कृषि क्यालेन्डरअनुसार धमाधम बीउ छरी ‘विसुवा पर्व’ मनाइरहेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी सत्यदेवी पाण्डेले जानकारी दिए ।

कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । ऊर्जा विकास तथा सिँचाइ कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठले जिल्लाभर विपत्ले खेतीयोग्य जमिन र कुलो बगाएका छन् । कार्यालयमा आएका निवेदनअनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा ऊर्जा विकास मन्त्रालयमा ३४ वटा कुलाको योजना निर्माणका लागि पठाएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ ।

सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालका अनुसार पालिकाभित्र जाँच कुलो, घोडेङ्गा, चुलेलगाउँ, धिताललिहीसहित विभिन्न स्थानमा ठूलो मात्रामा मार्सीधान सिँचाइ हुने कुलो विपत्ले क्षतविक्षत बनाएपछि मर्मत गर्न समस्या भइरहेको बताए । गत असोजमा आएको बाढी र पहिराले गएको कुलो निर्माण हुन नसक्दा यस पटक धेरैजसो किसानलाई बीउ राख्न कठिन भएको छ स्थानीय तहका कृषि शाखाले जनाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ८ : ०६ बजे

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।