आज २०८० साल वैशाख १३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल वैशाख १३ गते बुधबारको राशिफल


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल वैशाख १३ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।

वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट : नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

सिंह : रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

कन्या : रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला : समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृश्चिक : धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।

धनु : खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

मकर : दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।

कुम्भ : बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

मीन : काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ५० बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६