बारा-२ मा उपेन्द्र यादव विजयी « Khabarhub

बारा-२ मा उपेन्द्र यादव विजयी


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।

नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएर तेस्रो भएका छन् । चितवन र तनहुँमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने दुई हजार ८ सय २९ मत मात्र पाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारा तीनवटै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । दुई क्षेत्र रास्वपा विजयी हुँदा बारामा जसपा विजयी भएको हो । जसपाका अध्यक्ष यादव सत्ता गठबन्धनका उम्मेदवार हुन्।

बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । यो उपनिर्वाचनबाट मंसिर ४ गतेको चुनावमा सप्तरी– २ मा सिके राउतसँग पराजित यादव विजयी भएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ५९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई