संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी « Khabarhub

प्रतिनिधिसभा बैठक :

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गर्ने तयारी


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन, वानेश्वरमा दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

आजको बैठकबाट संसदीय समितिको काम कारबाही सुरु हुनेछ । जसअनुसार संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरिनेछ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० अनुसार विशेष समिति गठन गर्नका लागि सांसद ईश्वरीदेवी न्यौपानेले प्रस्ताव पेस गर्ने र अर्का सांसद  रघुजी पन्तले समर्थन गर्ने कार्यसूची सार्वजनिक गरिकएको छ ।

आजको सम्भावित कार्यसूचीमा उल्लेख भए अनुसार संवैधानिक परिषद् सम्बन्धी विधेयक आजै पारित गरिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज शर्माका अनुसार सो प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरी आजै पारित गरिने गरी कार्यसूची तयार गरिएको छ ।

हेर्नुस् कार्यसूची

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : २५ बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा