‘उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको छ’ « Khabarhub

‘उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको छ’


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा उपचुनावमा नेपाली कांग्रेसबाट कमान्डर बनेका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

चितवन २ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ १ मा पराजित भए पछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् ।

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ ।’ महामन्त्री शर्माले ट्विटरमा लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’

उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये कांग्रेसले चितवनमा महामन्त्री शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई चुनावी कमान्डर बनाएर खटाएको थियो । तर दुवै क्षेत्रमा कांग्रेसले लज्जास्पद हार व्यहोरेको छ । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ५९ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत