जिरोनाका कास्टेलानोस चम्किदा रियल म्याड्रिड पराजित  « Khabarhub

जिरोनाका कास्टेलानोस चम्किदा रियल म्याड्रिड पराजित 


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल म्याड्रिड पराजित हुन पुगेको छ ।

भ्यालेन्टिन कास्टेलानोस एक्लैले म्याड्रिडको गोलपोष्टमा चार गोल हान्दै जिरोनाले रियललाई ४–२ ले पराजित गरेको हो ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा जिरोानका कास्टेलानोसले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेका थिए । म्याड्रिडको पोष्टमा गोलको वर्षा गरेका कास्टेलानोसले २४औं मिनेटमा थप अर्को गोल गरेर पहिलो हाफको सुरुवातीमा नै जिरोनालाई २–० को अग्रता दिलाउन सफल भए ।

खेलको ३४औं मिनेटमा रियलका भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याई दिए । पहिलो हाफमा खेल २–१ को अवस्थामा रहन पुग्यो । दोस्रो हाफको सुरुमा नै कास्टेलानोसले पुन: तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेर जिरोनालाई ३–१ को अग्रता दिलाए । साथै, ६२औं मिनेटमा उनले व्यक्तिगत चौथो गोलको मद्दतले जिरोना ४–१ को अग्रता लिन सफल भयो ।

८५औं मिनेटमा लुकास भजक्वेजले रियलका लागि गोल दोस्रो गोल गरे । खेल अन्ततः ४–२ मा टुंगिन पुग्यो ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३९ बजे

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको